यूएमको रेनेगेड थोर इलेक्ट्रिक बाइक भारतीय बजारमा

कम्पनीले भारतकै पहिलो इलेक्ट्रिक बाइकका रुपमा रेनेगेड थोरलाई अटो एक्स्पो २०१८ का अवसरमा सार्वजनिक गरेको हो । रेनेगेड थोर विश्वकै पहिलो गियर भएको इलेक्ट्रिक क्रुजर बाइकको रुपमा आएको छ ।

अमेरिकी बाइक यूएमले भारतमा इलेक्ट्रिक क्रुजर मोटरसाइकल रेनेगेड थोर लन्च गरेको छ । कम्पनीले भारतकै पहिलो इलेक्ट्रिक बाइकका रुपमा रेनेगेड थोरलाई अटो एक्स्पो २०१८ का अवसरमा सार्वजनिक गरेको हो । रेनेगेड थोर विश्वकै पहिलो गियर भएको इलेक्ट्रिक क्रुजर बाइकको रुपमा आएको छ ।

रेनेगेड थोर बाइकले ३० किलोवाट पावरका साथै ७० न्यूटन मिटर टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ । बाइकमा ५ स्पिड ट्रान्समिसनयुक्त गियर बक्स र हाइड्रोलिक क्लच तथा कण्ट्रोलरयुक्त लिक्विड कुल्ड मोटरलगायतका विशेषता छन् । दिल्ली अटो सोमा यूएमले थोरका साथै दुईओटा अन्य मोडलका बाइक पनि अनावरण गरेको छ ।

रेनेगेड थोरको आगमनसँगै यूएमले कम्पनीको प्राविधिक प्रगति र दक्षताबाट विश्व बजारमा इलेक्ट्रिक मोटरसाइकलको माग रहेको यसको उत्पादनबाट प्रस्ट्याउन खोजेको छ । हाल सार्वजनिक भएका र्दुवै बाइक २२३ सीसी सिङ्गल सिलिन्डर र ५ स्पिड गियर बक्ससहित भारतीय बजारमा आएको छ । कम्पनीले यसको मूल्य भने खुलाएको छैन ।