सीटीसी मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सीटीसी मोबाइल एक्सचेन्ज मेलामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने मोबाइल हबले जनाएको छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

काठमाडौं । सुनधारास्थित सिभिल ट्रेड सेन्टरमा रहेको सीटीसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइलसम्बन्धी सबै सेवा एकै छानामुनी उपलब्ध गराउँदै आएको मोबाइल हबमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा नयाँ मोबाइल खरिद गर्न सकिनेछ ।

सीटीसी मोबाइल एक्सचेन्ज मेलामा मोबाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने मोबाइल हबले जनाएको छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिने प्रबन्ध निर्देशक राईले जानकारी दिए ।

मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रान्डका मोबाइल दिइनेछ । मोबाइल हबमा मोबाइल किन्न वा मर्मत गर्न आउने ग्राहकलाई निशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्रान्डका मोबाइल फोन उपलब्ध छन् । एमआई, आईफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटीसी, जेडटीई, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्स, मोटोरोला, जोप्पो, ओबीआईलगायत ब्रान्डका टच एन्ड फिल काउन्टरसमेत मोबाइल हबमा छन् ।

नेपालमै पहिलो पटक फरक अवधारणामा सञ्चालनमा आएकोे मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा पनि उपलब्ध छ ।