फ्रेन्चाइज मिट जेठ १ गतेदेखि ३ गतेसम्म आयोजना भएको थियो । सामसुङ, हिमस्टार, बजाज, आहुजा, टाइमेक्स, ओसराम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्रान्ड रहेका स्विच अन इलेक्ट्रोनिक उपकरणको आवश्यकता पूरा गर्ने सोलुसन हो ।
काठमाडौं । मल्टी ब्रान्ड इलेक्ट्रोनिक रिटेल चेन स्विच अनले आफ्नो पहिलो फ्रेन्चाइज मिट सम्पन्न गरेको छ । फ्रेन्चाइज मिट जेठ १ गतेदेखि ३ गतेसम्म आयोजना भएको थियो । सामसुङ, हिमस्टार, बजाज, आहुजा, टाइमेक्स, ओसराम जस्ता विश्वस्तरीय उत्कृष्ट ब्रान्ड रहेका स्विच अन इलेक्ट्रोनिक उपकरणको आवश्यकता पूरा गर्ने सोलुसन हो ।
देशभरका फ्रेन्चाइजी पार्टनरले स्विच अनको तीन दिने मिटमा उत्साहपूर्ण सहभागिता जनाएका थिए । पार्टनरलाई उच्च प्रदर्शन गर्न एवम् ग्राहकको अनुभव बढाउन उत्पादन, सफ्ट स्कील तथा अकाउन्टलगायतमा प्रशिक्षण दिइएको थियो । यस फ्रेन्चाइज मिटले फ्रेन्चाइजी पार्टनरलाई प्रतिस्पर्धात्मक लाभ लिन मद्दत पुग्ने विश्वास आयोजकले लिएको छ ।
फ्रेन्चाइज मिटमा सम्बोधन गर्दै स्विच अनकी म्यानेजिङ डाइरेक्टर सीमा गोल्छाले भनिन्, ‘स्विच अनले साना खुद्रा बित्र्रmेतालाई प्रवद्र्धन गरेर स्वदेशी तथा विदेशी ब्रान्डको हिस्सा बन्न अवसर प्रदान गर्दछ ।’
म्यानेजर माधव मल्लले स्विच अन सदैव ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै उनीहरुलाई अन्तर्राष्ट्रिय गुणस्तर तथा विश्वका उत्कृष्ट उत्पादन सुपथ मूल्यमा प्रदान गर्न केन्द्रित रहेको बताए ।
स्वीच अनका देशभर २२ ओटा फ्रेन्चाइज पार्टनर छन् । जसमार्फत टीभी, रेफ्रिजेरेटर, वाशिङ मेसिन, कुलर, एलईडी लाइट, स्पिकर, घडीजस्ता घरयासी सामग्री बिक्री वितरण हुँदै आइरहेको छ ।