शनिबारदेखि पोखरामा टाटा कार मेला

मेलामा ग्राहकले ‘अन द स्पट फाइनान्सिङ’का साथै पुराना गाडीको उत्कृष्ट मूल्य र एक्सचेन्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधा पाउने आयोजकले जनाएको छ ।

काठमाडौं । सिप्रदी ट्रेडिङले जेठ ४ र ५ गते पोखरामा टाटा कार मेला आयोजना गर्दैछ । मेलामा ग्राहकले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्सका विभिन्न मोडलका गाडी एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकले आफ्ना कुनै पनि पुराना गाडी नयाँ गाडीसँग साट्न सक्नेछन् । मेलामा ग्राहकले ‘अन द स्पट फाइनान्सिङ’का साथै पुराना गाडीको उत्कृष्ट मूल्य र एक्सचेन्ज लोयल्टी बोनस जस्ता सेवा तथा सुविधा पाउने आयोजकले जनाएको छ ।

पोखरामा हुने यो दोस्रो संस्करणमा प्रवेश निशुल्क तथा टेस्ट ड्राइभको व्यवस्था र फोटो सुटका साथै स्वादिष्ट परिकारका स्टल पनि रहने छन् ।

बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय बुद्ध चोक पोखरामा आयोजना हुने छ ।
टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदीले देशका विभिन्न सहरमा वर्षैपिच्छे यस्ता मेला आयोजना गर्दै आइरहेको बताएको छ ।