शुक्रबार राती १२ बजेदेखी लागु हुने गरी पेट्रोलमा २ , डिजेल र मट्टितेलमा १ रुपैया घटाएको हो ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । शुक्रबार राती १२ बजेदेखी लागु हुने गरी पेट्रोलमा २ , डिजेल र मट्टितेलमा १ रुपैया घटाएको हो ।
हवाई ईन्धन र एल।पि।ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । मूल्य घटाएसँगै खुद्रा मूल्य पेट्रोल १०९.५० प्रति लिटर ,डिजेल र मट्टितेल ९७ लिटर रहेको निगमको भनाइ छ ।
इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो । यो समायोजन पश्चात भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा १५.६७ र डिजेल १६.६४ रुपैया प्रति लि ले नेपाल तर्फ नै सस्तो कायम हुन पुगेको छ ।