नेपाल लाइफको २५ प्रतिशत बोनस सेयर र २३.५० प्रतिशत नगद लाभांस पारित

कम्पनीको वीरगंज सम्पन्न १९औं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र २३.५० नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको वीरगंज सम्पन्न १९औं बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र २३.५० नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनश सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष गोविन्दलाल संघाईले साधारण सभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका वित्तीय सूचांक र आगामी योजना प्रस्तुत गरेका थिए । ‘हामीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गरेका छौं, यसको बजार हिस्सा अझ बढाउने गरि योजना बनेको छ,’ उनले भने ।

एक सय ७७ भन्दा बढि शाखा तथा उपशाखा रहेको कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ । एक लाख २२ हजारभन्दा बढी प्रशिशिक्षत अभिकर्ता रहेको कम्पनीको जीवन बीमा कोषमा ५९ अर्ब रुपैयाँ र सेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ ।