पोखरामा खानाका पारखीहरुलाई विशेष स्वाद पस्किन सफल ‘क्रसरोड धकाली भान्सा’ले आफ्नो शाखा कमलदीमा विस्तार गरेको हो । आइतबारदेखि सञ्चालनमा आएको क्रसरोड थकाली भान्सा पोखराको न्यूरोड चिप्लेढुंगाबाट सुरु भएको हो ।
काठमाडौं । थकाली खानाको पारखीहरुको लागि पोखराको क्रसरोड थकाली भान्साको स्वाद अब काठमाडौंको कमलादीमा पनि खान पाइने भएको छ । पोखरामा खानाका पारखीहरुलाई विशेष स्वाद पस्किन सफल ‘क्रसरोड धकाली भान्सा’ले आफ्नो शाखा कमलदीमा विस्तार गरेको हो । आइतबारदेखि सञ्चालनमा आएको क्रसरोड थकाली भान्सा पोखराको न्यूरोड चिप्लेढुंगाबाट सुरु भएको हो ।
थकाली भान्साका सञ्चालक वीरेन्द्र शेरचन भन्छन्, ‘अरुले काठमाडौंमा सुरु गरेर मोफसलमा विस्तार गर्छन, हामीले मौफसलबाट विस्तार गर्नेक्रममा काठमाडौं प्रवेश गरेका छौँ ।’
करिब २ करोड लगानीमा सञ्चालनमा आएको थकाली भान्सामा ६ जना सञ्चालक रहेका छन् । काठमाडौंमा धेरै थकाली भान्सा घरहरु सञ्चालनमा रहेपनि स्पेसल खाना खुवाउने उद्देश्यले आफूहरु काठमाडौंमा प्रवेश गरेको बताए । थकाली भान्साको सञ्चालकमा अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान र आक्रोश बज्राचार्य रहेका छन् ।
उनिहरुको थकाली भान्सामा मुस्ताङबाट ल्याएको दाल, फापरको पिठो, च्याङग्राको सुकुटी, जिम्मुलगायतका खाना पाइने छ । ‘घोकेन’(फापरको पिठोबाट बनाइने ब्रेडजस्तो परिका),‘आलु सुकुटी प्ला’लगायतका विषेश परिकार त्यहाँको मूख्य विषेशता रहेको छ ।