काठमाण्डौंको चाबहिलमा रहेको के एल मोबाइल हबले मोबाइल मेलामा अहिलेसम्मकै सस्तो मूल्यमा सेवाग्राहीलाई मोबाइल उपलब्ध गराउन थालेको छ ।
गत फागुन १ देखि मोबाइल हबमा मोबाइल मेला सञ्चालन भैरहेको छ । मोबाइल मेलामा मोबाइल किन्नेलाई अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल बिक्री गर्ने व्यवस्था मिलाइएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । ‘हामीले अहिलेसम्मकै सस्तो मूल्यमा मोबाइल किन्ने मौका दिएका छौं । यसबाट मोबाइल खरिद गर्न चाहने धेरैभन्दा धेरै सेवाग्राहीले फाइदा लिनुहुनेछ भन्ने विश्वास मोबाइल हबले लिएको छ ।’ ग्लाइडरले भने ।
मेलामा मोबाइल किन्नेहरुको चाप बढे पछि धेरैभन्दा धेरै जनालाई यो योजनामा सहभागि गराउने लक्ष्य मोबाइल हबले लिएको छ । सस्तोमा मोबाइल किने पछि पनि हात खाली नजाने उपहार योजनाबाट सेवाग्राहीले दोहोरो फाइदा लिन सक्नेछन् । मेला अवधिमा राखिएका विभिन्न किसिमका दोहोरो अफरका साथै अधिक सस्तोमा मोबाइल खरिद गर्न पाउने भएकाले उपभोक्ताको पनि अधिक चाप देखिएको छ ।
पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्ने अफरका कारण मोबाइल मेलामा ग्राहकको उपस्थिती बाक्लो भएको मोबाइल हबका निर्देशक संगम राई बताउँछन् । धेरै ग्राहकलाई केएल मोबाइल हबले सुपथ मूल्यमा मोबाइल उपलब्ध गराउन दोहोरो अफरका साथै सस्तो मूल्यमा मोबाइल उपलब्ध गराइएको राईको भनाई छ ।
विश्व बजारमा पाइने २५ भन्दा बढी चर्चित ब्राण्डका विभिन्न मोडलका मोबाइलहरु हबमा उपलब्ध छन् ।