बजाजपछि टीभीएस मोटरसाइकलको उत्पादन नेपालमै, तीन महिनापछि बजारमा

टीभीएस मोटरसाइकल बनाउन कम्पनीले सिमरामा धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । ‘आगामी तीन महिनाभित्र नेपालमै बनेका टीभीएस मोटरसाइकल बजारमा आउँछन्,’ शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले क्यापिटल नेपालसँग भने, ‘नेपालमै मोटरसाइकल बनाउनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ ।’

काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास अटोक्राफ्टले नेपालमा बजाज मोटरसाइकलको उत्पादन सफलतापूर्वक गरेपछि शङ्कर ग्रुपले पनि नेपालमै टीभीएस मोटरसाइकल उत्पादनको तयारी अन्तिम चरणमा पुर्याएको छ ।

टीभीएस मोटरसाइकल बनाउन कम्पनीले सिमरामा धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । ‘आगामी तीन महिनाभित्र नेपालमै बनेका टीभीएस मोटरसाइकल बजारमा आउँछन्,’ शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले क्यापिटल नेपालसँग भने, ‘नेपालमै मोटरसाइकल बनाउनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ ।’

उनका अनुसार टीभीएसका विभिन्न सिरिज उत्पादन गर्ने तयारी छ । पछिल्लो समय नेपालमा टीभीएस मोटरसाइकल चढ्ने युवा जमात बढेसँगै कम्पनीले पनि नेपालमै एसेम्बल प्लान्ट राख्न लागेको जनाएको छ ।

‘कम्पनीले मोडलमा सुधार गरेर एडभान्स र नयाँ लुक दिएपछि युवाको रोजाइमा टीभीएस पर्न थालेको छ,’ उनले भने, ‘अहिले टीभीएसका हरेक मोडलका बाइकको माग नेपालमा बढेपछि प्लान्ट राख्न थालेका हौं ।’

अग्रवालका अनुसार पहिलो चरणमा दैनिक ३ सय थान बाइक उत्पादन गर्ने योजना छ । कम्पनीले दैनिक पाँच सय थान मोटरसाइकल उत्पादन गर्न सक्ने क्षमता जडान गर्ने भए पनि सुरु सुरुमा ३ सय थान मात्रै उत्पादन गर्ने जनाएको छ ।

मोटरसाइकल एसेम्बल्ड गर्न दक्ष प्राविधिक आवश्यक पर्छ । टीभीएसले केही दक्ष जनशक्ति भारतबाटै ल्याउने तयारी पनि गरेको छ । अग्रवालका अनुुसार नेपालमै टीभीएस मोटरसाइकल बनेपछि मूल्यसमेत घट्छ ।

‘आयातको तुलनामा मोटरसाइकलको मूल्य केही न केही सस्तो हुन्छ,’ उनले भने ।

टीभीएसको इतिहास

टीभीएस मोटर कम्पनी मिसन
टीभीएस ब्रान्डअन्तर्गत विशेषगरी एसियाली बजारका सेवाग्राहीका लागि वातावरणमैत्री, जीवनपर्यन्त पर्सनल यातायातको साधन निर्माण गर्ने उच्च नाफामूलक, सामाजिक उत्तरदायी र लिडिङ निर्माणकर्ता बन्न प्रतिबद्ध ।

सेवाग्राहीबाट निर्देशित
टीभीएस मोटर आफ्नो कोर प्रतिस्पर्धा र नाफासहित सेवाग्राहीको आवश्यकताप्रति उत्तरदायी छ । टीभीएस मोटरले सही समयमा सही मूल्यमा सही वस्तु प्रदान गरेर सेवाग्रहीलाई पूर्ण सन्तुष्ट तुल्याउनेछ ।

उद्योगी लिडर
टीभीएस मोटर भारतको शीर्ष दुई चक्के मोटरबाइक निर्माणकर्ता हो भने एसियामा शीर्ष पाँचमा पर्छ ।

ग्लोबल विश्लेषण
विशेषगरी एसियाली बजारलगायत विदेशमा पनि टीभीएस मोटरको नाफामूलक सञ्चालन भइरहेको छ । जसले निर्माण, प्रविधि र बजारीकरणका क्षेत्रमा विज्ञताको विकास गरिरहेको छ । यसले अन्तर्राष्ट्रिय व्यापारको समग्र टर्नओभरमा उल्लेखनीय सेयर प्राप्त गर्न मद्दत गर्छ ।

अत्याधुनिक विकासमा अग्रसर
अन्तर्राष्ट्रिय प्रतिस्पर्धीसँग निरन्तर प्रतिस्पर्धा गर्दै टीभीएस मोटरले आफ्नो प्रविधिको अत्याधुनिकतालाई निरन्तर दिगो राखेको छ ।

पूर्ण गुणस्तरप्रति प्रतिबद्ध
टीभीएस मोटरले पूर्ण गुणस्तरीय व्यवस्थापनलाई जीवनशैलीका रुपमा अँगालेर आफूलाई सेल्फ रिभ्यूविङ सङ्गठनका रुपमा स्थापित गर्र्न प्रतिबद्ध छ । टीभीएसले प्रक्रियाको महत्त्वमा विश्वास राख्छ । मानिस र परियोजना दुवै उनीहरुको अन्तिम परिणाम र अँगालिएको प्रक्रियाका आधारमा मूल्याङ्कन हुन्छन् ।