गुगलद्वारा हुवावेको एन्ड्रोएड लाइसेन्स खारेज, हुवावे फोन प्रयोगकर्तालाई कस्तो असर पर्ला ?

गुगलले हुवावेलाई उसको हार्डवेयरु, सफ्टवेयर र प्राविधिक सेवाहरु प्रसार गर्न बन्द गरेको छ । यो कदमले अबको नयाँ हुवावे फोनहरुमा हुने नयाँ अपडेटलाई प्रभावित पार्नेछ ।

एजेन्सी । गुगलले चिनियाँ टेक्नोलोजी जाइन्ट कम्पनी हुवावेसँग आफ्नो व्यापारको अन्त्य गर्दै उसको एन्ड्रोएड लाइसेन्स खारेज गरेको छ । रोयटर्स समाचार संस्थाको अनुसार गुगलले हुवावेलाई उसको हार्डवेयरु, सफ्टवेयर र प्राविधिक सेवाहरु प्रसार गर्न बन्द गरेको छ । यो कदमले अबको नयाँ हुवावे फोनहरुमा हुने नयाँ अपडेटलाई प्रभावित पार्नेछ ।

अमेरिकाले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउने आरोप लगाउँदै उसको ‘इन्टीटी लिस्ट’ मा हुवावेलाई सूचीकृत गरेपछि गुगलको यस्तो कदम आएको हो । अमेरिका र चीनबीच जारी व्यापारयुद्धको बीचमा यस्तो घटना विकास भएको हो । गुगलले अब हुवावे फोनको एन्ड्रोएड लाइसेन्स खारेज गरेपछि हुवावे फोन प्रयोगकर्ताको फोन के होला अर्थात् ती पुराना हुवावे फोनमा एन्ड्रोएड निरन्तर चल्ने छ ? भन्ने प्रश्न उठेको छ । हुवावे फोन प्रयोगकर्ताका लागि यो घटना निकै महत्वपूर्ण बनेको छ ।

अहिलेका लागि पुराना हुवावे फोनमा एन्ड्रोएड चलिरहेको देखिएको छ । हुवावे फोन प्रयोगकर्तालाई लक्षित गर्दै गुगलले आफ्नो एक वक्तव्यमा भनेको छ । ‘हालैको अमेरिकी सरकारको कदमप्रति कायम रहेर हामीले उठाएको कदमबारे प्रश्न राख्ने हुवावेका प्रयोगकर्तालाई हामी अमेरिकी सरकारको कानुनको पालना गर्दै तपार्इँहरुको हुवावे उपकरणमा हाम्रो गुगल प्ले र गुगल प्ले प्रोटेक्टको सेक्युरिटीले काम गरिरहनेछ भन्ने सुनिश्चित गराउन चाहान्छौं ।’

यसर्थ गुगलको यस कदमको बाबजूद पनि पुराना हुवावे प्रयोगकर्ताको उपकरणमा भने गुगल प्ले, गुगल प्ले प्रोटेक्ट निरन्तर काम गरिरहने छ र प्रयोगकर्ताले गुगल प्ले स्टोरमा आफ्नो पहुँच पुर्याउन सक्नेछन् ।

एन्ड्रोएड लाइसेन्स रद्द भएपछि हुवावे फोनमा के प्रभाव पर्ला ?

विश्वको दोस्रो ठूलो फोन निर्माणकर्ता कम्पनी हुवावे कम्पनीको इन्टरनेश्नल डेटा कर्पोरेशन आईडीसीले नम्बरले देखाए अनुसार क्वाटरमा वर्षैपिच्छे कम्पनीको ५०.३ प्रतिशतले वृद्धि भइरहेको छ र १९ प्रतिशत बजार सेयरसँगै पाँच करोड ९१ लाख युनिट उपकरणहरु शिप्ड भएका छन् । हुवावेका फ्ल्यागशिप फोनहरु पि ३० प्रो र मेट २० प्रोले एकदमै उत्साहपूर्ण रिभ्यू प्राप्त गरेको थियो र यसको उपब्राण्ड अनरले नयाँ अनर २० सिरिज भोलि लण्डनमा एक कार्यक्रमबीच लन्च गर्दैछ । स्मार्टफोनको विश्वमा अग्रस्थान हासिल गरेको हुवावेको एन्ड्रोएड लाइसेन्स खारेज गरेपछि यसले विश्विमा ठूलो प्रभाव पार्ने बताइएको छ ।

के होला त भावि हुवावे फोनको भविष्य ?

रोयटर्स समाचार संस्थाको अनुसार गुगलले ओपन सोर्स लाइसेन्सले कभर गरेको बाहेक अन्य हार्डवेयर, सफ्टवेयर बस्तुहरु हुवावेलाई आपूर्ति गर्न बन्द गर्नेछ । त्यसो त हुवावेले एन्ड्रोएडलाई एओएसपि अर्थात् एन्ड्रोएड ओपन सोर्स प्रोजेक्टबाट प्रयोग गर्न सक्छ तर प्रोप्राइटरी सेवा पहुँच बाहिर रहनेछ ।

हुवावेले आफ्नै ओपरेटिङ सिस्टम ल्याउला त ?

हुवावे कम्पनीले बारम्बार एन्ड्रोएड र विन्डोबाट प्रतिबन्ध खेप्नु परेको अवस्थामा योजना दुई आफूसरुँग रहेको स्पष्ट बताउँदै आएको छ । हुवावेको कार्यकारी रिचर्ड युले आफ्नो हालैको एक अन्तरवार्तामा भनेका छन्, ‘हामीले हाम्रै ओपरेटिङ सिस्टम तयार गरेका छौँ । यो हाम्रो योजना दई हो । तर, अवश्य पनि हामी गुगल र माइक्रोसफ्टको वातावरणमा काम गर्न मन पराउँछौं ।’

गुगलबोहक पनि छ हुवावेको समस्या ?

गुगल मात्र अहिले हुवावेको समस्याको विषय होइन । ब्लुमबर्गको रिपोर्ट अनुसरा इन्टेल कर्प, क्वालकम इंक, सिलिंक्स इंक र ब्रोडकम इंकले पनि हुवावेलाई सेवा आपूर्ति नगर्ने बताएको छ तर, यसको आधिकारिक नोटिस भने आउँन बाँकी छ । हुवावे आफ्नो उपकरणका लागि अमेरिकी सेमी कन्डक्टर बस्तुमा भारी निर्भर छ र अमेरिकी प्रमुख तत्व आपूर्ति नभएको खण्डमा हुवावे गम्भीररुपमा अपांग बन्छ । रोजनब्लाट सेक्युरिटिज इंकका विश्लेषक रैन कून्जले ब्लुमबर्गसँग भनेका छन् ।