एघारौं खाद्य स्वच्छता दिवस मनाउँदै विभाग

२०६५/०६६ देखि खाद्य स्वच्छता दिवस मनाउँदै आएको विभागले यसपटक एघारौं खाद्य स्वच्छता दिवसमा जेठ महिनालाई तेस्रो खाद्य स्वच्छता महिनाका रुपमा मनाउन लागेको हो । विभागले विविध कार्यक्रमबीच खाद्य स्वच्छता महिना मनाउने जानकारी दिएको छ ।

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २०७६ को जेठ महिनाभरि तेस्रो खाद्य स्वच्छता महिना मनाउँदैछ । २०६५/०६६ देखि खाद्य स्वच्छता दिवस मनाउँदै आएको विभागले यसपटक एघारौं खाद्य स्वच्छता दिवसमा जेठ महिनालाई तेस्रो खाद्य स्वच्छता महिनाका रुपमा मनाउन लागेको हो । विभागले विविध कार्यक्रमबीच खाद्य स्वच्छता महिना मनाउने जानकारी दिएको छ ।

खाद्य स्वच्छता र गुणस्तरको महत्त्वलाई आम जनमानसमा पु¥याउन विभागले दस वर्ष अघिदेखि यो दिवस मनाउन सुरु गरेको हो । विभागको यस अभियानलाई समर्थन गर्दै कोडेक्स एलिमेन्टेरियस कमिसन, विश्व खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ)को प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय महासभाबाट यसै वर्षदेखि जून महिनाको ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसका रुपमा मनाउने निर्णय गरेको हो ।

यस वर्षदेखि विश्वभरि नै प्रथम खाद्य स्वच्छता दिवसका रुपमा मनाइदैँछ । एफएओले विश्व खाद्य स्वच्छता दिवस २०१९ को नारा ‘खाद्य पदार्थमा स्वच्छता, हामी सबैको प्रतिबद्धता’ रहने तय गरेको छ ।