कम्पनीले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन प्रयोजनका लागि क्रेडिट रेटिङ गरेको हो ।
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले क्रेडिट रेडिङ ग्रेड ४ प्रमाणपत्र पाएको छ । केयर नेपाल लिमिटेडले युनाइटेडलाई ग्रेड ४ रेटिङ प्रमाणपत्र दिएको हो ।
कम्पनीले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन प्रयोजनका लागि क्रेडिट रेटिङ गरेको हो । कम्पनीले चुत्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन १२४ प्रतिशत अर्थात ७५ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७५ लाख ५७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । युनाइटेडले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।