अब मुलुक संक्रमणकाल पूरा गरी स्थिरतातर्फ उन्मुख भएको हुँदा जनआकांक्षाअनुरूप मुलुक आर्थिक विकासको मार्गतिर लाग्नेमा विश्वास गर्न सकिने वातावरण बनेको महासंघले बताएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले नयाँ सरकार गठनपछि मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्ने अपेक्षा गरेको छ ।
संविधान २०७२ अनुरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो र नेपालको ४१औं प्रधानमन्त्री बन्न सफल भएकोमा महासङ्घले केपी शर्मा ओलीलाई बधाई ज्ञापन गरेको छ । मुलुकभरका तीन लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योगीहरुको छातासङ्गठन महासंघले मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहन घोषणपत्रमार्फत सबै राजनैतिक दलले प्रतिबद्धता जाहेर गरेको छ ।
सरकार र सबै प्रमुख राजनीतिक दल मुलुकको आर्थिक विकासका लागि समर्पित रहनुपर्ने स्मरण गराउँदै यसप्रति प्रतिबद्ध रहनसमेत आग्रह गरेको छ ।
नयाँ सरकारले अबको बाटो आर्थिक रुपान्तरणको हुनुपर्ने विषयलाई आत्मसात गरी आर्थिक समृद्धिको एजेण्डालाई नै प्राथमिकतामा राख्नुपर्नेमा महासंघले जोड दिएको छ । प्रधानमन्त्री ओलीको नेतृत्वमा लामो समयको अन्तरालपछि मुलुकमा वामपन्थीहरुको स्थायी सरकार गठन भएको परिप्रेक्ष्यमा अब मुलुक आर्थिक समृद्धिको मार्गमा अघि बढ्नेअपेक्षा गरिएको भन्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए ।
मुलुकको आर्थिक समृद्धि तथा आत्मनिर्भरता र रोजगारी सिर्जनाको एउटा प्रमुख माध्यम लघु, घरेलु तथा साना उद्योग भएकाले सरकारले यस्ता उद्योगको विकास र उद्योगबाट सिर्जित उत्पादनको प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गरी स्थानीय, प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रभावकारी कदम चाल्ने अपेक्षा लघु, घरेलु तथा साना उद्यमी र सम्पूर्ण निजीक्षेत्रले गरेको उनको भनाइ छ ।
अब मुलुक संक्रमणकाल पूरा गरी स्थिरतातर्फ उन्मुख भएको हुँदा जनआकांक्षाअनुरूप मुलुक आर्थिक विकासको मार्गतिर लाग्नेमा विश्वास गर्न सकिने वातावरण बनेको महासंघले बताएको छ ।