भायनेटको क्रिकेट वर्ल्ड कप मेनिया

अफरअन्तर्गत भायनेटका ग्राहकले इन्टरनेट र टीभीको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्नेछन् । इन्टरनेट र टीभीको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत ६ हजार रुपैयाँ क्यास ब्याक र ४३ इन्चको एलजी स्मार्ट एलईडी टीभी जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

काठमाडौं । नेपालको पहिलो र विशाल एफटीटीएच (फाइबर–टु–द–होम) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले यही जेठ १६ गतेदेखि सञ्चालन हुने क्रिकेट वर्ल्ड कपलाई मध्यनजर गर्दै आफ्ना ग्राहकका लागि ‘भायनेट क्रिकेट वर्ल्ड कप मेनिया’ अफर ल्याएको छ ।

अफरअन्तर्गत भायनेटका ग्राहकले इन्टरनेट र टीभीको सेवा उपभोगमा अतिरिक्त स्पिड र भारी छुट प्राप्त गर्न सक्नेछन् । इन्टरनेट र टीभीको वार्षिक ग्राहक बन्ने सम्पूर्ण ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत ६ हजार रुपैयाँ क्यास ब्याक र ४३ इन्चको एलजी स्मार्ट एलईडी टीभी जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।

विगत १९ वर्षदेखि भायनेट कम्युनिकेसन्सले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडि रहिआएको छ । आफ्नो सेवा काठमाडौंबाहिर विस्तार गर्दै भायनेटले हाल वीरगन्ज, विराटजगर, बुटवल, भैरहवा, धनगढी, धधेलधुरा, बनेपा, चितवन र हेटौंडामा समेत ग्राहकलाई इन्टरनेट र टीभी सेवा सुचारु गरेको छ ।