मोबाइलबाटै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधामा हाल ‘आईएमई पे’ले मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक सुरु गरेको छ ।
काठमाडौं । मोबाइलबाटै विभिन्न बिलको भुक्तानी गर्न सकिने डिजिटल सुविधामा हाल ‘आईएमई पे’ले मोबाइल वालेट एपको ‘जे पे गर्दा पनि आइएमई पे’ कार्यक्रम सार्वजनिक सुरु गरेको छ ।
नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त मोबाइल वालेट एप ‘आइएमई पे’लाई आफ्नो फोनमा डाउनलोड गरी प्रमाणीकरण गरेपछि बिजुली तथा खानेपानीको बिल, फोनको बिल, मोबाइलको रिचार्ज, टीभीको रिचार्ज, हवाई जहाज तथा बसको टिकट, पेट्रोल पम्पमा भुक्तानी, केबलकारको टिकट, सिनेमाको टिकट, मोटरसाइकल तथा गाडीको मासिक भुक्तानीदेखि लिएर रेस्टुरेन्ट तथा अन्य पसल तथा स्टोरहरूमा पनि रकम भुक्तान गर्न सकिन्छ ।
आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा भन्छन्, ‘आईएमई पेको प्रमुख लक्ष्य मोबाइलबाट गरिने भुक्तानी अर्थात् मोबाइल वालेटको प्रयोगलाई सजिलोभन्दा सजिलो बनाउनु नै हो ।’ उनले हाल आइएमई पेबाट गरिने भुक्तानीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको पनि बताए ।
प्रयोगकर्ताको जिज्ञासा र उत्सुकतालाई मध्यनजर गर्दै भुक्तानी गर्ने विभिन्न स्थानहरूको सङ्ख्या पनि बढाउँदै जाने लक्ष्य लिएको र सन् २०१९ को अन्त्यसम्म नेपालभर १ लाखभन्दा बढी स्थानमा आईएमई पेबाटै भुक्तानी गर्न सकिने उनले जानकारी दिए ।