मार्च महिनामा जियोले जोड्यो ९४ लाख, एयरटेल र भोडाफोनले गुमाए ३० लाख सब्सक्राइबर्स

फेब्रुअरीको अन्त्यमा १,१८३.६८ मिलियन ग्राहक रहेको ती टेलिकमहरुले वायरलेस सब्सक्राइबर्सको सङ्ख्या मार्च अन्त्यसम्म आइपुग्दा १,१६१.८१ पुगेको थियो । त्यसअघि गत वर्षको अप्रिल महिनामा टेलिकम उद्योगले ५८.३४ मिलियन सब्सक्राइबर्स गुमाएका थिए ।

एजेन्सी । करिब एक वर्षसम्मको दिगो वृद्धिपछि भारतमा वायरलेस सब्सक्राइबर्सको सङ्ख्यामा मार्च महिनामा १.८५ प्रतिशतले ओरालो लागेको छ । देशका ठूला दूरसञ्चार सेवाप्रदायक कम्पनी भारती एयरटेल र भोडाफोन आइडियाले सोही महिनामा दुई करोड ९० लाख सेवाग्राही गुमाउनु यसको कारण मानिएको छ । न्यूनतम रिचार्ज प्लानको कार्यान्वयनका कारण उनीहरुले सेवाग्राही गुमाएका हुन् ।

फेब्रुअरीको अन्त्यमा १,१८३.६८ मिलियन ग्राहक रहेको ती टेलिकमहरुले वायरलेस सब्सक्राइबर्सको सङ्ख्या मार्च अन्त्यसम्म आइपुग्दा १,१६१.८१ पुगेको थियो । त्यसअघि गत वर्षको अप्रिल महिनामा टेलिकम उद्योगले ५८.३४ मिलियन सब्सक्राइबर्स गुमाएका थिए ।

तर, मार्च महिना रिलायन्स जियोका लागि भने अनुकूल रह्यो । निरन्तर सब्सक्राइबर्स थप गर्दै आइरहेको भनिएको राज्यसञ्चालित बीएसएनएलले पनि सब्सक्राइबर्स गुमाउँदा जियो कम्पनी एक्लैले मात्र मार्च महिनामा ९४ लाख ८० हजार सब्सक्राइबर्स थप्यो ।

यसैबीच सोही अवधिमा देशको सर्वोच्च टेलिकम कम्पनी भारती एयरटेलले १५.१३ मिलियन सब्सक्राइबर्स बेस घटेको रिपोर्टले देखाएको छ । यस्तै भोडाफोन आइडियाले पनि १४.५३ मिलियन सब्सक्राइबर्स गुमाएको छ ।
बीएसएनएलले पाँच लाख ६० हजारभन्दा बढी सब्सक्राइबर्स र टाटा टेलिसर्भिसले ११ लाख पचास हजार सब्सक्राइबर्स गुमाएको छ ।

यद्यपि वायरलेस सब्सक्राइबर्स गुमाए पनि भारती एयरटेलले ब्रोडब्यान्ड सब्सक्राइबर्स बेस भने सुधार गरेको छ । उसले २४ लाख ७० हजार वायरलेस ब्रोडब्यान्ड सब्सक्राइबर्स थप गरेको छ । यस्तै भोडाफोनले ब्रोडब्यान्ड सेवाग्राहीमा मार्जिनल घाटा बेहोरेको छ ।