जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका व्यवसायी छुर्पीको मूल्य घट्दा मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ ।
इलाम जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् ।
जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका व्यवसायी छुर्पीको मूल्य घट्दा मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ ।
विगतमा व्यवसायीलाई माग पूरा गर्न धौ धौ पथ्र्यो । प्रतिकिलो हजार रुपैयाँमा बिक्री हुँदै आएको छुर्पी अहिले ७०० मा झरेको सन्दकपुर गाउँपालिका–४ माबुस्थित बालकृष्ण कृषि फार्मका सञ्चालक बालकृष्ण गुरुङले बताए ।
उनले भने, ‘लगानी डुब्ने डरले छुर्पीको उत्पादन कम गर्न थालेको छु ।’ सङ्कलन गरेर लगेको छुर्पीको पाँच लाख रुपैयाँ नपाएपछि पाँच बोरा छुर्पी गोदाममा नै थन्काएर राखेको उनको भनाइ छ ।
बजारीकरणमा प्रतिस्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत सङ्कलन गरी निकासी गरेका कारण समस्या भएको हो । अहिले विगतको जस्तो माग छैन । एकदमै थोरैमात्र निकासी भइरहेको छ ।
राम्राेसँग छुर्पी नसुक्दा खोक्रो हुने, कुहिने, ढुसी आउने, कुकुरले खाँदा बिरामी हुनेजस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको बताइएको छ । इलामका छुर्पी अन्तर्राष्ट्रिय बजारमा हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौँ, सिल्भर लिङ्क (आईएनसी) प्रालि कलेक्सन सेन्टर काठमाडौँ र एभरेष्ट प्रोडक्सन काठमाडौँलगायतबाट निकासी हुने गरेको छ । इलामका ५६५ ओटा दुग्धजन्य डेरी तथा चिज उद्योग घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलाममा दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ । रासस