रेनोको नयाँ अफर : बजेटअघि बेनिफिट

ग्राहकले यस अफरमार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनुअगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभ लिन सक्ने एडभान्स अटोमोबाइलले बताएको छ ।

काठमाडौं । रेनो गाडीको एक मात्र आधिकारिक वितरक एडभान्स अटोमोबाइलले ‘रेनो बजेटअघि बेनिफिट’ नामको नयाँ अफर सार्वजनिक गरेको छ ।

ग्राहकले यस अफरमार्फत आगामी आर्थिक वर्षको बजेट भाषण हुनुअगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभ लिन सक्ने एडभान्स अटोमोबाइलले बताएको छ ।

यस अफरअन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । त्यसबाहेक ग्राहकले रेनो गाडी बुकिङ वा खरिद गर्दा निःशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टी पाउन सक्नेछन् ।

यो अफर रेनो ब्रान्डका केडब्ल्यूआईडी, डस्टर र क्यापचर गाडीमा ण्ीसमित अवधिका लागि उपलब्ध रहने एडभान्सले बताएको छ ।