आईएमई जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयर प्रस्ताव, चुत्तापुँजी १ अर्ब पुग्ने

कम्पनीको चुत्तापुँजी ९७ करोड २० लाख रुपैयाँ छ । ५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ नाघने छ ।

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति ७७ औं बैठकले सेयरधनी आफैले व्योहर्ने गरी ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो । कम्पनीको चुत्तापुँजी ९७ करोड २० लाख रुपैयाँ छ । ५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुत्तापुँजी १ अर्ब रुपैयाँ नाघने छ ।

नियामक निकायको स्वीकृति र वाषिृक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने कम्पनीले जनाएको छ । नियामक बीमा समितिले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीलाई १ अर्ब रुपैयाँ न्युनतम पुँजी तोकेपछि आईएमईले बोनस सेयर दिएर पुर्याउन लागेको हो ।