हिमालयन डिस्टीलरीले दिने भयो ६८ रुपैयाँ लाभांश

गत आर्थिक वर्षको सञ्चित नाफामा रहेको रकमबाट सेयरधनीलाई लाभांश वितरणको निर्णय गरेको हो ।

काठमाडौं । हिमालयन डिस्टीलरी लिमिटडले सेयरधनीलाई ६८.४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको सञ्चित नाफामा रहेको रकमबाट सेयरधनीलाई लाभांश वितरणको निर्णय गरेको हो ।

जेठ १७ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउने हिमालयनले जनाएको छ ।