हिरोले ल्यायो स्पलेन्डरको नयाँ भर्जन, मोबाइल चार्जिङको सुविधा

बाइकमा नयाँ म्याट ब्ल्याक आयल ह्वील, ट्युबलेस टायर्स पाँच स्टेप एडजस्टेबल ट्वीन हाइड्रोलिक शक अब्जर्बर, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम र हैलोजन हेडल्याम्प जस्ता फिचर राखिएको छ ।

एजेन्सी । हिरो स्प्लेन्डरले भारतमा आफ्नो २५ वर्ष पूरा गरेको छ । यसै अवसरमा कम्पनीले आफ्नो लोकप्रिय बाइक स्प्लेन्डरको नयाँ भर्जन ल्याएको छ । कम्पनीले ५६ हजार छ सय भारतीय रुपयाँ मूल्य तोकेको उक्त बाइकको विशेष भर्जन प्लसमा आधारित छ ।

स्प्लेन्डरको नयाँ भर्जनमा मोबाइल चार्जिङको सुविधा छ । मोबाइल चार्जिङको सकेट यसको ह्यान्डलमा फिट गरिएको छ । यसबाहेक बाइकमा नयाँ म्याट ब्ल्याक आयल ह्वील, ट्युबलेस टायर्स पाँच स्टेप एडजस्टेबल ट्वीन हाइड्रोलिक शक अब्जर्बर, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम र हैलोजन हेडल्याम्प जस्ता फिचर राखिएको छ ।

साथै यो भर्जनमा केही कस्मेटिक अपग्रेड पनि भएका छन् । स्पेसल भर्जनको यो बाइक नयाँ ओरेन्ज र गोल्ड डेकाल्स कलरमा उपलब्ध छ । यो बाइकको आकारको कुरा गर्ने हो भने यसको लम्बाई दुई हजार एमएम, चौडाइ ७२० एमएम र उँचाइ एक हजार ४० एमएम छ ।

तर यो भर्जनको इन्जिनमा भने कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेकै ९७.२ सीसीको सिङ्गल सिलिन्डर इन्जिन लगाइएको छ जसले ८.३६ बीएचपी पावर र ८.०५ एनएम टर्क दिन्छ ।

यसबाहेक बाइकमा चार स्पिड गियरबक्स राखिएको छ । यसको फ्रन्ट र रियरमा ड्रम ब्रेक्स राखिएको छ, तर डिस्क ब्रेकको सुविधा छैन । तर, हिरो मटरकर्पले आधिकारिक रुपमा यसबारे विस्तृत विवरण भने उपलब्ध गराएको छैन ।