कोकाकोलाले पूरा गर्नेभयो नेपालीको विश्वकप हेर्ने सपना

यो योजनाअन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष अवलोकन गर्न पाउने छन् ।

फिफाको आधिकारिक प्रायोजकका रुपमा ४० वर्ष पूरा गरेको उपलक्ष्यमा कोकाकोलाले नेपालमा सबैभन्दा ठूलो योजना ल्याएको छ । यो योजनाअन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष अवलोकन गर्न पाउने छन् ।

‘कोक खाम रसिया जाम’ भन्ने मूल सन्देशका साथ फेब्रुअरी १५ देखि अप्रिल १५ सम्म सञ्चालन हुने यस योजनामा कोकाकोलाले आफ्ना उपभोक्ताको लागि निकै ठूलो र आश्चर्यजनक क्याम्पेन सार्वजनिक गरेको छ ।

योजनामा दुई सय उपभोक्ताले फिफाको लोगो अङ्कित विशेष उपहारहरु स्पिकर, हेडफोन, पेनड्राइभलगायतका सामग्री जित्ने छन् भने हरेक दिन दुई जनाले २४ इन्चको टेलिभिजन जित्ने अफर राखिएका छन् । क्याम्पेनमा १२ हजार ६ सय जनाले विभिन्न प्रकारका उपहार जित्ने अवसर पाउने छन् ।

कोकाकोला नेपालका कन्ट्री डाईरेक्टर अम्बुज सिंहले भने, ‘यो रसिया गएर विश्वकप हेर्ने अवसरमात्र नभई विश्वकपसँग जोडिएका विभिन्न उपहार जित्ने अवसर पनि हो । कोकाकोला चाहन्छ, हाम्रा उपभोक्ताहरुले रसिया गएर आश्चर्यचकित विश्वकपको प्रत्यक्ष अनुभव गर्न सकून् ।’

कम्पनीले यो अफर ३०० र ५०० एमएल, १.५ लिटर र २.२५ लिटरसम्मका कोक, फेन्टा ओरेन्ज, फेन्टा लेमोन र कोक जिरोमा लागू गरेको छ । अफरमा सहभागी हुने उपभोक्ताले लेबलको पछाडि रहेको १० अङ्कको युनिक कोडलाई ३७७२२ मा एसएमएस पठाउनुपर्ने बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित वाश्र्नेले जानकारी दिए ।