वायुसेवा निगमलाई पुनर्जीवन दिने सुगतरत्न कंसाकारको ४ वर्षे कार्यकाल सकियाे

कंसाकार महाप्रबन्धकको जिम्मेवारी सम्हालनसाथ खुला प्रतिस्पर्धाबाट नियुक्त भएका मदन खरेलले निगमबाट राजीनामा गरेका थिए । कंसाकार महाप्रबन्धक भैसकेपछि २०७५ भदौंमा सरकारले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आफ्नो ४ बर्षे कार्यकाल पुरा गरेका छन् । उनले निगमको कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुबै जिम्मेवारी सम्हालेका छन् । कंसाकारलाई सरकारले २०७२ जेठ १४ मा महाप्रबन्धकमा नियुक्त गरेको थियो ।
कंसाकार महाप्रबन्धकको जिम्मेवारी सम्हालनसाथ खुला प्रतिस्पर्धाबाट नियुक्त भएका मदन खरेलले निगमबाट राजीनामा गरेका थिए । कंसाकार महाप्रबन्धक भैसकेपछि २०७५ भदौंमा सरकारले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।

पहिलो र दोस्रो कार्यकालमा हुँदा कंसाकारले निगमका लागि जहाज खरिद गर्ने निर्णय गरेका थिए । दुवै कार्यकालमा गरेको निर्णयका कारण अनियमिताको आरोप उनमा लागेको थियो ।

कंसाकार २०६८ मा अध्यक्ष हुँदा एउटा वाइड बडी र एउटा न्यारो बडी जहाज खरिद गर्ने निर्णय भएको थियो । यहि निर्णयको आधारमा उनलाई अनियमिताको आरोप लागेको थियो । मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेपछि उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।

निगममा पछिल्लोपटक थपिएका दुईवटा वाइडबडी जहाजका कारण पनि उनलाई विवादित बनायो । वाइडबडी जहाजमा भएको अनियमिताको स्वतन्त्र छानविन भने हुन बाँकी छ । कंशाकारले ३ ओटा विमान खरिद गरेर बन्द हुने अवस्थामा पुगेको नेपाल वायुसेवा निगमलाई पुर्नजीवन दिएका छन ।