गणतन्त्र दिवसमा टेलिकमको ‘रिपब्लिक डे अफर’, के–के छन् सुविधा ?

टेलिकमका अनुसार यस अफर अन्तर्गत ग्राहकहरुले पचास रुपैयाँमा चार सय एमबी डाटा, ३० मिनेट भ्वाइस कल र सयओटा एसएमएस प्याकेज प्राप्त गर्नेछन् । यो अफर जेठ १४ देखि १६ गतेसम्मका लागि रहनेछ ।

काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाट टेलिकमले ग्राहकहरुका लागि विशेष अफर ल्याएको छ । दिवसका अवसरमा टेलिकमले ‘रिपब्लिक डे कम्बो प्याक’ अफर ल्याएको हो ।

टेलिकमका अनुसार यस अफर अन्तर्गत ग्राहकहरुले पचास रुपैयाँमा चार सय एमबी डाटा, ३० मिनेट भ्वाइस कल र सयओटा एसएमएस प्याकेज प्राप्त गर्नेछन् । यो अफर जेठ १४ देखि १६ गतेसम्मका लागि रहनेछ । प्रयोगकर्ताले लिएको प्याकेजको समयसीमा सात दिनसम्म रहनेछ ।

यो अफरको प्रयोग गर्न ग्राहकले स्टार १४१५ ह्यासट्यागमा सेन्ड गर्नु पर्नेछ ।