धेरै प्रकारका नेपाली उत्पादनहरू तथा सेवालाई एउटै छानामुनि ल्याएर अवलोकनकर्तालाई देखाउनु र प्रदर्शकका बीचमा व्यवसाय विस्तारमा सहयोग पु¥याउनु प्रदर्शनीको अर्को उद्देश्य हो ।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को आयोजना तथा राइजिङ नेपाल प्रालि र माइस इन्टरनेसनल प्रालिको व्यवस्थापनमा चैत २ देखि ४ गतेसम्म ‘मेड इन नेपाल ः वस्तु तथा सेवा प्रदर्शनी’ आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने प्रदर्शनी मञ्चले चौथोपटक आयोजना गर्न लागेको हो ।
नेपाली कर्मठ हातबाट उत्पादित नेपाली सामग्री तथा सेवाको प्रवद्र्धन गर्नु नै यो प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । आफ्नै देशमा उत्पादित गुणस्तरीय सामान तथा सेवाको प्रयोग गराउन उत्प्रेरित गर्ने उद्देश्यले आयोजना हने प्रदर्शनीले नेपालीे वस्तु तथा सेवाको प्रवद्र्धन तथा विस्तारमा सहयोग पुग्ने अपेक्षा छ । प्रदर्शनीमार्फत नेपाली वस्तुहरूप्रतिको चासो दिने जनमानसलाई गुणस्तरीय वस्तुहरू नेपालमै उपलब्ध छन् भन्ने विश्वास दिलाउने उद्देश्य आयोजकको छ ।
धेरै प्रकारका नेपाली उत्पादनहरू तथा सेवालाई एउटै छानामुनि ल्याएर अवलोकनकर्तालाई देखाउनु र प्रदर्शकका बीचमा व्यवसाय विस्तारमा सहयोग पु¥याउनु प्रदर्शनीको अर्को उद्देश्य हो । प्रदर्शनीमा नेपाली वस्तु उत्पादक तथा सेवा प्रदायक उद्योगको सहभागिता हुनेछ । यस प्रदर्शनीका लागि नेपालका ७५ ओटै जिल्लाका आआफ्नै ठाउँका पहिचान बोकेका वस्तु र सेवाहरूको सहभागिताका लागि मञ्चले पहल सुरु गरिसकेको जानकारी दिएको छ । ‘हाम्रो पनि राम्रो पनि’ भन्ने नाराका साथ आयोजना गरिने प्रदर्शनीे सामाजिक जागरुकता र राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पु¥याउन सहयोगी हुने विश्वास लिइएको छ ।