बुधबार मेला मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घ, धनकुटाले पत्रकार सम्मेलनमा आगामी फागुन २० देखि ३० गतेसम्म हुने व्यापार मेलामा विशेष आकर्षणका १५० स्टल रहने बताइएको छ ।
नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ ।
बुधबार मेला मूल आयोजक समिति उद्योग वाणिज्य सङ्घ, धनकुटाले पत्रकार सम्मेलनमा आगामी फागुन २० देखि ३० गतेसम्म हुने व्यापार मेलामा विशेष आकर्षणका १५० स्टल रहने बताइएको छ ।
चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, समुन्नत प्रदेश नं १ को आर्थिक विकासको आधार’ भन्ने मूलनारा तय गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । स्टल तथा बालउद्यान व्यवस्थापन समितिका संयोजक रोशन श्रेष्ठले सय स्टल अग्रिम बुकिङ भइसकेको बताए ।
महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) मा समावेश वस्तु, ओद्यौगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडीबुटी, घरेलु उद्योगबाट उत्पादित वस्तु प्रदर्शनीमा राखिनेछन् । स्थानीय जातजतिका कला–संस्कृति झल्काउने कार्यक्रम एवं परिकारसमेत प्रदर्शनीमा राखिनेछन् । मेलालाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय स्तर र राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुति रहने कार्यक्रम एवम् बालबालिकाका लागि बालउद्यानसमेत रहने मूल आयोजक समिति धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष उमेश घिमिरेले बताए ।
व्यापार मेला तथा प्रदेश नं १ स्तरीय व्यापार तथा कृषि मेला अवधिभर करिब एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने एवम् तीन करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सव सञ्चालन गर्न ५९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । धनकुटा उद्योग वाणिज्य सङ्घले यसभन्दा अघि २०६५, २०६८ र २०७१ सालमा पनि महोत्सवको आयोजना गरेको थियो ।
व्यापार मेला तथा महोत्सवको मुख्य आकर्षणका रुपमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (एनटीआईएस) समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ ओटा कृषिजन्य वस्तु र पूर्वाञ्चलका १४ ओटा जिल्लाका उत्कृष्ट उद्योगबाट उत्पादित वस्तुका स्टल रहनेछन् ।
धनकुटामा हुने महोत्सवलाई भव्यरुपमा सफल बनाउन उद्यमी, सरोकारवाला निकाय, सञ्चारकर्मीलगायत सबै क्षेत्रका प्रतिनिधिलाई समेटेर एकसय एक सदस्यीय मूलआयोजक समिति र १४ ओटा उपसमिति गठन गरिएको छ ।
जिल्ला समन्वय समिति, घरेलु तथा साना उद्योग विकास समितिलगायत दर्जनभन्दा बढी सङ्घसंस्था सहयोगीका रुपमा छन् भने धनकुटाको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, धनकुटा नगरपालिका विशेष सहयोगीका रुपमा रहने आयोजक समितिले जनाएको छ । रासस