नेउवा महासङ्घका प्रदेश–३ र मिलेनियल इन्डिया अन्तर्राष्ट्रिय चेम्बर बीच सहकार्यका लागि सहमति

महासङ्घकी अध्यक्ष राणाले दुई देशबीचको व्यावसायिक सम्बन्ध विस्तार, सहकार्यका क्षेत्र विस्तारसहितका आपसी हितका क्षेत्रमा मिलेर कार्य गर्न यो सहमति कोसेढुंगा हुने विश्वास प्रकट गरेकी छिन् ।

काठमाडौं । आपसी व्यवसाय अभिवृद्धिमा सहकार्य गर्न उद्देश्यले नेपाल उद्योग वाणिज्य महासङ्घको प्रदेश ३ र भारतको मिलेनियल इन्डिया अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, इन्डस्ट्री एन्ड एग्रिकल्चरबीच महासङ्घ सचिवालयमा एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

महासङ्घका अध्यक्ष भवानी राणाको उपस्थितिमा भएको सो कार्यक्रममा सहमतिपत्रमा महासङ्घको प्रदेश ३ का उपाध्यक्ष राजन गौतम र मिलेनियल इन्डिया अन्तर्राष्ट्रिय चेम्बरका अध्यक्ष एम्बासडर अनिल त्रिगुनायतले हस्ताक्षर गरेका छन् ।

सहमतिपत्र ६ वटा बुँदामा समेटिएको छ । आपसी सहमतिअनुसार आवश्यक व्यावसायिक सूचनाको आदानप्रदान गर्ने, सहयोग प्रवद्र्धन गर्ने, कृषिक्षेत्रमा सहकार्य गर्ने, बजार अध्ययनअनुसन्धान गर्ने, व्यावसायिक विस्तारका क्रियाकलाप गर्ने, पालैपालो एक अर्का देशमा व्यवसायिक भेटवार्ता गर्ने, व्यावसायिक भ्रमणको आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

कार्यक्रममा महासङ्घकी अध्यक्ष राणाले दुई देशबीचको व्यावसायिक सम्बन्ध विस्तार, सहकार्यका क्षेत्र विस्तारसहितका आपसी हितका क्षेत्रमा मिलेर कार्य गर्न यो सहमति कोसेढुंगा हुने विश्वास प्रकट गरेकी छिन् ।

भारतीय राजदूतावासका वाणिज्य सचिव कपिलध्वज प्रताप सिंले दुवै देशका उवासङ्घहरूबीच भएको सहमतिको सराहना गरेका छन् । यसले आपसी सम्बन्धलाई मजबुत बनाउनुका साथै थप उचाइमा पु¥याउने विश्वास प्रकट गरेका छन् ।

मिलेनियल इन्डिया अन्तर्राष्ट्रिय चेम्बरका अध्यक्ष त्रिगुनायतले दुवै संस्थाबीचको सहमतिलाई ऐतिहासिक भन्दै सहमतिका बु“दाहरूलाई अक्षरशः कार्यान्वयन गर्ने र नेपाली समकक्षी संस्थासँगको सहकार्यमा आगामी दिनमा विभिन्न कार्यक्रम गर्दै जाने विश्वास दिलाएका छन् ।