निर्माण व्यवसायी सङ्गठनमा विवाद

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघमा हार ब्यहोरेपछि नेपाल निर्माण व्यवसायी सङ्गठन बनाएका यक्षध्वज कार्की सार्वजनिक खरिद नियमावली संशोधनको पक्षमा देखिएका छन् ।

महासङ्घले आन्दोलनको तयारीसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको साथ रहने बताएका कार्कीले विज्ञप्ति जारी गरी कुनै सङ्घर्षका कार्यक्रम नरहेको बताएका छन् ।

तर सहसंयोजक शिवप्रसाद चौलागार्इंले अर्को विज्ञप्ति जारी गर्दै संयोजकले निकालेको विज्ञप्ति व्यक्तिगत भएको र उनको धारणाको पछि नलाग्न व्यवसायीहरुलाई अनुरोध गरेका छन् । महासङ्घले गर्ने आन्दोलनमा आफूहरुको पूर्ण रुपमा सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।