के एल टावरमा स्मार्ट मोबाइलफोन किन्दा सलमान खानको कार्यक्रमको पास सित्तैमा

मोबाइल हबले मोबाइल मेला अवधिभरि मोबाइल खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकलाई सलमान खानसहितका कलाकारहरुको कार्यक्रमको पास सित्तैमा उपलब्ध गराउने भएको हो ।

केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा एउटा मोबाइल किन्दा अर्को सित्तैमा दिने अफरसँगै मार्च १० मा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास निःशुल्क पाउने भएका छन् । मोबाइल हबले मोबाइल मेला अवधिभरि मोबाइल खरिद तथा एक्सचेञ्ज गर्ने ग्राहकलाई सलमान खानसहितका कलाकारहरुको कार्यक्रमको पास सित्तैमा उपलब्ध गराउने भएको हो ।

मेलामा ग्राहकको चहलपहल अधिक भएपछि मोबाइल हबले मोबाइल किन्नेहरुलाई मार्च १० मा काठमाण्डौंको टुडिखेलमा हुन गइरहेको बलिउड स्टारहरुको कार्यक्रमको पास सित्तैमा वितरण गर्ने जनाएको छ । मोबाइल हब परिसरमा हात खाली नजाने उपहार योजनामा मोबाइल किन्ने ग्राहकलाई लक्ष्य गर्दै यस्तो योजना सुरु गरिएको मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । उनका अनुसार मेला अवधिभर विश्वका चर्चित ब्रान्डका मोबाइलहरु सस्तो मूल्यमा किन्न पाइने छ । पुरानो मोबाइल साट्न समेत सकिने बताउँदै उनले दोहोरो अफरमा सलमान खानको कार्यक्रमको पास पनि पाउने बताए । उनका अनुसार के एल मोबाइल हबका साथै सीटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, एप्पल वल्र्ड दरबारमार्ग र वल्र्ड भिजन सीटीसी मलमा मोबाइल किन्नेहरुले पनि उक्त कार्यक्रमको पास सित्तैमा पाउने छन् ।

चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबमा खेल खेलेर मोबाइल जित्नेदेखि मोबाइल किनेर अर्को एउटा मोबाइल सित्तैंमा पाइने अफरका कारण ग्राहको भीड बढेको छ । उपहार योजनामा सहभागी गराउन खेलाइएको गल्फ खेल मोबाइल मेलाको आकर्षण बनेको छ । जसमा गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ ओटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को एउटा मोबाइल सित्तैमा प्रदान गरिने मोबाइल हबका निर्देशक सङ्गम राइले जानकारी दिए । यो योजनामा सामसुङ, आईफोन, भिभो, ओप्पो लगायतका मोबाइल किन्नेहरुले अर्को मोबाइल सित्तैमा पाउने छन् ।

हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित ‘अफरभित्र पनि अफर’ नामको मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्नेछ । यो अफर लेनोभो, एमआई, हुवावे, पानासोनिक, जेडटीई, एचटीसी लगायत ब्राण्डमा लागू हुनेछ । साथै मोबाइल हबले मेला अवधिभरि फोटो कन्टेस्ट पनि सञ्चालन गरिरहेको छ । यो योजनामा सहभागी भएर फोटो खिचाएका ग्राहकरुमध्ये मोबाइल हबको फेसबुक पेजमा धेरै लाइक र कमेन्ट पाउनेले ओप्पो एफ ५ र भिभोको भी ७ मोबाइल पाउने छन् ।