हुवावेको एन्ड्रोएडमा अमेरिकी प्रतिबन्धपछि विकल्पमा नयाँ ओएस

यद्यपी यी प्रतिबन्धहरुले कम्पनीको स्मार्टफोन निर्माण कार्यमा गम्भीर प्रभाव पुर्याउने सम्भावना कमै देखिन्छ किनभने हुवावेसँग यसका धेरै वैकल्पिक मार्गहरु छन् ।

एजेन्सी । गत महिना अमेरिकी प्रतिबन्धका कारण चिनियाँ टेक तथा स्मार्टफोन निर्माणकर्ता कम्पनी हुवावेले ठूलो समस्या भोग्नुपर्यो । प्रतिबन्धका कारण हुवावेले एन्ड्रोएड, विन्डो जस्ता ओपरेटिङ सिस्टमको पहुँच गुमाउनुका साथै एआरएम लाइसेन्स पनि गुमायो ।

यद्यपी यी प्रतिबन्धहरुले कम्पनीको स्मार्टफोन निर्माण कार्यमा गम्भीर प्रभाव पुर्याउने सम्भावना कमै देखिन्छ किनभने हुवावेसँग यसका धेरै वैकल्पिक मार्गहरु छन् ।

हुवावेले अमेरिकाले लगाउने सम्भावित प्रतिबन्धको बारेमा धेरैअघि नै आंकलन गर्दै २०१२ मा नै एन्ड्रोएड र विन्डोको विकल्पको खोजी कार्य सुरु गरिसकेको थियो । त्यसो त हुवावेको विन्डो विकल्पबारे सुन्नमा खासै नआएपनि एन्ड्रोएड बराबरको हुवावेको विकल्पबारे मिडियामा धेरै समाचारहरु आइसकेका छन् ।

हुवावेले गुगलको एन्ड्रोएडलाई टक्कर दिदैँ आफ्नो सम्भावित क्षतिलाई पूर्ति गर्न ओएस अर्थात् अपरेटिङ सिस्टम निर्माण गरेको खबर आइरहेको छ । हुवावेले यो ओएसलाई ‘एआरके ओएस’ नामबाट पेटेन्ट दर्ता गराएको छ । हुवावले गत मार्चदेखि कुरा गर्दै आइरहेको एन्ड्रोएडको विकल्प यही रहेको विश्वास गरिएको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रकाशित हुवावेको उक्त एआरके ओएसको तस्बिरमा खासै नयाँ देखिने र अनुभव गर्न सकिने कुरा पाइएको छैन । यो एन्ड्रोएडकै जुम्ल्याहा जस्तो देखिन्छ । ती तस्बिरहरुमा हुवावेको एन्ड्रोएड ओएस नभएका फोनहरुमा पनि एन्ड्रोएड एप्सहरु चलेको देखिन्छ ।

प्रविधिको अन्तराष्ट्रिय क्षेत्रमा चलिरहेको हल्ला अनुसार हुवावेले एन्ड्रोएड एपलाई सपोर्ट गर्नुका साथै थर्ड पार्टी स्टोरको प्रयोगबाट ती एप्सहरु हुवावे फोनमा डाउनलोड गर्न सकिन्छ । प्रतिबन्ध लागू गर्दै गर्दा अमेरिकी वाणिज्य विभागले हुवावेमाथि आंशिक प्रतिबन्ध लगाउँदै तीन महिनाको समय प्रदान गरेको छ । यो अवधिसम्म हुवावेले यसवर्षको मे १६ सम्म वितरण गरिसकेको उपकरणहरुमा गुगलले सर्भिस, सपोर्ट र अपड्टस वा प्याचेसहरु उपलब्ध गराउने छ ।

यसकारण यो तीन महिनाको समयसम्म हुवावले आफ्नो नयाँ एआरके ओएससहितको नयाँ स्मार्टफोन लन्च गर्ने सम्भावना कम देखिन्छ ।