बजेट फोन वान प्लस सेभेनका लागि कुर्नुस् एक महिना, सेभेन प्रोको तलुनामा यस्ता छन् फिचर

भारतमा आजबाट सार्वजनिक भएको यो फोनको बेस भेरियन्टको मूल्य ३२ हजार ९९९ भारतीय रुपैँया छ भने सेभेन प्रोको मूल्य भारतमा ५० हजार भारतीय रुपैयाँ थियो । प्रयोगकर्ताले वान प्लस सेभेनमा लेटेस्ट प्रोसेसर, पर्याप्त र्याम, स्टोरेज र राम्रो क्यामेरा पाउन सक्नेछन् ।

एजेन्सी । छ दिनअघि नेपाली बजारमा सार्वजनिक भएको वान प्लस सेभेन प्रो फोनको आधिकारिक विक्री वितरण बुधबारबाट सुरु भएको छ । छ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज भएको यो फोनको बेस भेरियन्टको मूल्य नेपाली बजारमा ८९ हजार ९०० रुपयाँ पर्छ ।

तर, यदि बजेटको पहुँच सेभेन प्रोभन्दा बाहिर छ भने एक महिनापछि नेपाली बजारमा वान प्लस सेभेन सार्वजनिक हुने यसको आधिकारिक वितरक आईहबले बताएको छ । भारतमा आजबाट सार्वजनिक भएको यो फोनको बेस भेरियन्टको मूल्य ३२ हजार ९९९ भारतीय रुपैँया छ भने सेभेन प्रोको मूल्य भारतमा ५० हजार भारतीय रुपैयाँ थियो । प्रयोगकर्ताले वान प्लस सेभेनमा लेटेस्ट प्रोसेसर, पर्याप्त र्याम, स्टोरेज र राम्रो क्यामेरा पाउन सक्नेछन् ।

वान प्लस सेभेन र सेभेन प्रोको तुलना गर्दा सेभेनमा दुइटा र सेभेन प्रोमा तीन ओटा भेरियन्ट उपलब्ध छन् । प्रयोगकर्ताको रेटिङको कुरा गर्ने हो भने सेभेनले पाँच स्टारमा ४.२ र सेभेन प्रोले ४.५ स्टार पाएका छन् । दुवै ओक्टा कोर हुन् र दुवैमा १२८ जीबी स्टोरेज, ६ जीबी र्याम छ । डिस्प्लेको कुरा गर्दा सेभेनको डिस्प्ले प्रोभन्दा सानो छ । सेभेनको डिस्प्ले ६.४१ इन्च छ भने सेभेन प्रोको ६.६७ इन्च छ । सेभेनमा डुअल क्यामेरा, ४८ मेगापिक्सल्स र ५ मेगा पिक्सल्सका छन् भने सेभेन प्रोको ट्रिपल क्यामेरा, ४८ मेगापिक्सल्स, १६ मेगापिक्सल्स र ८ मेगापिक्सल्सका छन् ।

ब्याट्री सेभेनमा ३७ सय एमएएचको छ भने सेभेन प्रोमा चार हजार एमएएचको छ ।

यी दुवै फोनमा अन स्क्रिन फिङ्गरप्रिन्ट सेन्सर छ । दुवैमा लाइट सेन्सर, प्रोक्जिमिटी सेन्सर, एक्सेरेलोमिटर, कम्पास र जिरोस्कोप जस्ता सेन्सर उपलब्ध छन् । प्रोसेसर दुवैमा एउटै छ ।

सेभेनको १८२ ग्राम र सेभेन प्रोको तौल २०६ ग्राम छ । सेभेनमा अप्टिक एमोलेड र सेभेन प्रोमा फ्ल्यूड एमोलेड डिस्प्ले छ । दुबैमा बेजललेस डिस्प्ले छ, तर सेभेनमा भने वाचड्रप नच पनि छ । स्क्रिन रेज्यूलेसन सेभेनमा १०८०X२३४० पिक्सल्स र सेभेन प्रोमा १४४०X३१२० पिक्सल्स छ ।

वान प्लस सेभेनको डिजाइन यसअघि आएको फोन वान प्लस सिक्स टीको जस्तै छ । डट नोच डिस्प्लेले मात्र यी दुई फोनलाई छुट्याउँछ । फुल एचडी प्लस रेज्युलेसन भएको यो फोनको स्क्रिन निकै चम्किलो र तिखो छ । सेभेन प्रोको जस्तो यसमा ९० हज रिफ्रेस रेट त छैन तर त्यो त्यति धेरै आवश्यक पनि छैन । यसको डिस्प्लेले लाइट भएको दृश्यमा राम्रो काम गर्ने भएको कारण भिडियो र गेमका लागि एकदमै राम्रो छ ।

परफरमेन्सको हिसाबमा सेभेन प्रोभन्दा तुलनात्मकरुपमा केही कमजोर रहे पनि यसमा भएको उत्कृष्ट फिचर र सेभेन प्रोसँगको बजेटको ठूलो भिन्नताले यसलाई उत्कृष्ट मूल्यको मिड रेन्ज मोबाइल भन्न सकिन्छ ।