पेट्रोल भेरियन्टको नेक्सन रिभोर्ट्न एक्सर्इ, एक्सएम, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोनको मूल्य क्रमशः ३२ लाख ७५ हजार, ३४ लाख ९५ हजार , ३९ लाख ९५ हजार र ४० लाख ५५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा एसयुभी सेग्मेन्टको नेक्सन गाडी बिक्रीवितरण थालेको छ । बिहीबारदेखि बिक्री सुरु गरिएको यो गाडीको डिजाइन उत्कृष्ट छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर जबरा र टाटाका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सुजन रोयले बिक्री उद्घाटन गरेका छन् । पेट्रोल र डिजल दुवै भेरियन्टमा उपलब्ध यो गाडीको पेट्रोल भेरियन्टको मूल्य ३२ लाख ७५ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ । डिजल भेरियन्टको मूल्य भने ४१ लाख ५५ हजार रुपैयाँबाट सुरु हुने कम्पनीको भनाइ छ ।
टाटा नेक्सन उच्चतम चरणको परिवर्तन रहेको र यसले टाटा मोटर्सको बजार बढाउन सघाउने टाटाका बिजनेस युनिट प्रमुख सुजन रोयले बताए । टाटा नेक्सन एसयुभी सेग्मेन्टमा पहिलो प्रवेश रहेको र यसअघि कम्पनीले ह्याचब्याक र सेडान ल्याइसकेको सिप्रदीका कार्यकारी अध्यक्ष राणाले जानकारी दिए । यस्तो गाडी नेपालमा सार्वजनिक गर्न पाउँदा आफूहरू गौरवान्तिव भएको उनको भनाइ छ ।
पेट्रोल भेरियन्टको नेक्सन रिभोर्ट्न एक्सर्इ, एक्सएम, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोनको मूल्य क्रमशः ३२ लाख ७५ हजार, ३४ लाख ९५ हजार , ३९ लाख ९५ हजार र ४० लाख ५५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ ।
डिजल भेरियन्टको नेक्सन रिभोर्ट्रन एक्सटी, एक्स जेड प्लस र एक्स जेड प्लस डुअल टोनको मूल्य क्रमशः ४१ लाख ५५ हजार, ४४ लाख ५५ हजार र ४५ लाख ५५ हजार रुपैयाँ छ ।
गाडी एक्स र्इ, एक्सएम, एक्सटी र एक्सु टू प्लस मोडलमा उपलब्ध छ । नेक्सन भर्मोन्ट रेड, मोरोक्कान ब्लु, सिटल सिल्भर, ग्लासगो ग्रे र कलगरी ह्वाइटमा उपलब्ध नेक्सन किन्दा ग्राहकले ७५ हजार किलोमिटर वा तीन वर्षको वारेण्टी पाउने कम्पनीले जानकारी दिएको छ । नेपालमा सार्वजनिक हुनुअघि नै कम्पनीले पुस १६ गतेदेखि नेक्सनको बुकिङ खुला गरेको थियो । कर्भ डिजाइन, नयाँ किसिमको स्टाइल र अत्याधुनिक फिचरका कारण एसयूभी मोडल अरुभन्दा नयाँ किसिमको भएको कम्पनीको दाबी छ ।
नेक्सनमा प्रोजेक्टर हेडल्याम्प, एलर्इडी डे टाइम हेडल्याम्प एवम् एलर्इडी टेल ल्याम्प प्रयोग गरिएको छ । साथै १६ इन्चको एलोर्इ ह्विल, उत्कृष्ट फिटिङ, ड्यास टप एच डी इन्फोटेन्मेन्ट डिस्प्ले र मल्टी ड्राइभिङ मोड सिस्टम यसमा छन् ।