युवा वैज्ञानिकको अन्तर्राष्ट्रिय सञ्जाल

उनीहरुले विद्यमान समस्यालाई सम्बोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले यहाँ आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलनमा उक्त सञ्जाल गठनको प्रस्ताव गरिएको हो ।    

काठमाडौँ । आपसी ज्ञान र अनुभवको आदानप्रदानका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र अन्य मुलुकका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय सञ्जाल (नेटवर्क) गठन गर्ने भएका छन् ।

उनीहरुले विद्यमान समस्यालाई सम्बोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले यहाँ आयोजित अन्तर्राष्ट्रिय युवा सम्मेलनमा उक्त सञ्जाल गठनको प्रस्ताव गरिएको हो ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश ३ सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा उद्योग, पर्यटन, वन, वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका महत्त्वपूर्ण वैज्ञानिक विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिकका अनुभव साटासाट गरिएको हो ।

सम्मेलनको मङ्गलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन गरेका थिए । सम्मेलनमा सार्क क्षेत्रका नेपालबाहेकका १७ युवा वैज्ञानिक छन् । जर्मनी, फिनल्याण्ड, चीन र बेलायतबाट पनि सहभागी सम्मेलनमा ५१ वटा कार्यपत्र प्रस्तुत भएका छन् ।     रासस