आइएलओको शतवार्षिकी समारोहमा प्रधानमन्त्रीसँगै महासंघका अध्यक्ष राणा सहितको टोली जेनेभामा

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहमा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली सँगै नेपाल उद्योग बाणिज्य महासघंका अध्यक्ष भवानी राणा सहितको टोलि जेनेभामा पुगेको छ ।

प्रधानमन्त्री सहितको उच्च टोलिले आइएलको शतवार्षिक समारोह एवं १०८ औ सम्मेलनमा भाग लिइरहेको छ । उच्चस्तरीय प्रतिनिधिमण्डलमा रोजगारदाताका तर्फबाट महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल सहभागी भएको हो ।
प्रधानमन्त्री ओलीले नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर रहेकाले नेपाल लगानीका लागि अत्यन्त उपयुक्त स्थल बन्दै गएको विश्व समुदायलाई जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले सरकार, रोजगारदाता र ट्रेड यूनियनबीच सौहाद्रपूर्ण सहकार्यमा श्रम तथा सामाजिक सुरक्षा ऐन पारित भएको र त्यसमा आइएलओबाट पाएको सहयोगको प्रशंसा गरेका छन् ।

कार्यक्रममा महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल र महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुको पनि उपस्थिति रहेको छ ।