हाउजिङ्गमा आक्रमक बन्दै कञ्चनजंघा, संकल्प इन्भेस्टमेन्टलाई गाभेर आईपीओ निष्कासन गर्ने याेजना

गाभ्नका लागि दुबै संस्थाले असार १४ गते विशेष साधारणसभा बोलाएका छन् । साधारणसभाबाट पारित भएपछि औपचारिक रुपमा कञ्चनजंघा र संकल्प मर्जरमा जाने छ । संयुक्त कम्पनीको नाम कञ्चनजंघा नै हुने सञ्चालक सतिश न्यौपानेले बताए ।

काठमाडौं । कञ्चनजंघा हाउजिङ लिमिटेडले अपार्टमेन्ट व्यवसायलाई विस्तार गर्ने भएको छ । कञ्चनजंघाले पुँजीगत आधार बनाएर हाउजिङमा लगानी बढाउन संकल्प इन्भेष्टमेन्ट एन्ड होल्डिङ्स प्रालिलाई गाभ्ने भएको छ ।

गाभ्नका लागि दुबै संस्थाले असार १४ गते विशेष साधारणसभा बोलाएका छन् । साधारणसभाबाट पारित भएपछि औपचारिक रुपमा कञ्चनजंघा र संकल्प मर्जरमा जाने छ । संयुक्त कम्पनीको नाम कञ्चनजंघा नै हुने सञ्चालक सतिश न्यौपानेले बताए ।

दुई संस्था गाभिएपछि पुँजीगत आधार बढेर २ अर्ब रुपैयाँ पुग्ने उनले बताए । ठुला हाउजिङ परियोजनामा लगानी गर्नका लागि संकल्पसंग मर्जर हुन लागेको उनले सुनाए ।

साधारणसभामा गाभ्ने, चुत्तापुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने छ । पुँजीगत आधार तयार भएपछि थप लगानी जुटाउन सर्वसाधारणलाई सेयर निष्कासन गर्ने तयारी रहेको उनले सुनाए । कञ्चनजंघाले राजधानीको थापाथलीमा ट्रेड टावर व्यापारिक केन्द्र सञ्चालन गरिरहेको छ ।