आईएमई जनरल इन्स्योरेन्सले बोनस सेयर दिएर १ अर्ब पुँजी पुर्याउदै, असार २९ गते साधारणसभा

मर्जर प्राप्ति प्रक्रियामा सहभागी गराउनका लागि सबै अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव पेश गरिने भएको छ ।

काठमाडौं । बिमा कम्पनीको मर्जर एक्विजिसनको कुरा आइरहँदा आईएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले न्युनतम चुत्तापुँजी पुर्याउने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेर चुत्तापुँजी १ अर्ब रुपैयाँ पुर्याउने भएको हो । आईएमईको पुँजी ९७ करोड २० लाख रुपैयाँ छ । बिमा समितिले तोकेको पुँजी पुर्याउन कम्पनीले २ करोड ८० लाख रुपैयाँ भए पुग्छ ।

बोनस सेयर दिने प्रस्ताव पारित गर्न आईएमईले असार २९ गते २१ औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले पारित गरेपछि कम्पनीले न्युनतम चुत्तापुँजी पुर्याउने छ । मर्जर प्राप्ति प्रक्रियामा सहभागी गराउनका लागि सबै अधिकार सञ्चालक समितिलाई दिनका लागि सभामा प्रस्ताव पेश गरिने भएको छ ।