पाटा नेपाल च्याप्टरका सीईओ सुरेश सिंह बुडालले मार्टको सहभागिता साहसिक पर्यटनको विविध आयामह तथा समसामयिक र नया प्रवृत्तिहरुको बारेमा ज्ञान प्रदान गर्ने तथा व्यापार प्रवर्धनको एउटा महत्वपूर्ण मञ्च भएको बताए ।
पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल वायु सेवा निगमको समन्वय तथा सहकार्यमा ११ ओटा निजी पर्यटन व्यावसायिक कम्पनीसहित फेब्रुअरी २१ देखि २३ सम्म युएईको अल आइनमा आयोजित पाटा एडभेन्चर ट्राभल एण्ड रिस्पोन्सिबल टुरिजम कन्फेरेन्स एन्ड मार्टमा नेपालले सक्रिय एवम् प्रभावकारी सहभागिता जनाएको छ ।
३३ वटा विभिन्न मुलुकबाट १८० जना जना को सहभागिता रहेको मार्टमा नेपालबाट पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड र नेपाल बायुसेवा निगमसहित ११ वटा निजी पर्यटन व्यावसायिक कम्पनीहरु रोयल माउन्टेन ट्राभल, एक्सप्लोर हिमालय ट्राभल, हिमालयन होलिडेज ट्रेक्किङ्ग, एडभेन्चर आउटडोर ट्रेक्स, नेपाल सेन्चुरी ट्रेक्स, हिमालयन कैलाश ट्राभल एण्ड टुर्स, शिवालय टुर्स, के जी एच ग्रुप अफ होटेल एण्ड रेसोर्ट्स, सोल्टी क्राउन प्लाजालगायतले सहभागिता जनाएका हुन् ।
यूएईका संस्थापक सेख जायेद बिन सुल्तान अल नयनको १०० औं जन्मजयन्ती मनाइरहको अवसरमा यूएईले मार्टको आयोजन आतिथ्यता -होस्ट) गरेको हो र संस्कृति तथा पर्यटन बिभाग, आबुधाबीका कार्यकारी निर्देशक सुल्तान अल मुतावा अल धहेरीले मार्टको उद्घाटन गरेका थिए । पाटा अन्तर्राष्ट्रियका सीईओ डा. मारिओ हार्डीले पाटाले प्रशान्त एसिया क्षेत्रभित्र रहेका सम्पूर्ण सरोकारवाला निकाय तथा व्यक्तिका लागि हितकारी योजना निर्माण, हरेक गन्तव्य वा देशको विशेषता र विविधताको प्रवर्धन गर्ने आवश्यकतालाई मध्यनजर गर्दै सक्रिय रुपमा कार्यरत रहेको र प्रस्तुत मार्ट नयाँ विचार सृजना र सरकारी तथा निजीक्षेत्र संघसंस्थाको सहयोग तथा सहकार्यमा सुधार ल्याउन उत्प्रेरकका रुपमा सफल रहेको बताए ।
एडभेन्चर इन न्यू ईरा अर्थात नयाँ युगमा साहसिक पर्यटनू मूल नाराका साथ आयोजित मार्टमा साहसिक यात्रा तथा पर्यटन क्षेत्रको विविधता, चुनौती एवं अवसरहरुका बारेमा छलफल गर्न एवं सहभागीहरुलाई साहसिक पर्यटनको समसामयिक प्रवृतिहरु अवगत गराउन विभिन्न मुलुकका सरकारी तथा निजी क्षेत्रमा संग्लग्न अग्रिणी अन्तररास्ट्रीय बिज्ञहरुलाई समेत आमन्त्रण गरिएको थियो ।
पाटा नेपाल च्याप्टरका सीईओ सुरेश सिंह बुडालले मार्टको सहभागिता साहसिक पर्यटनको विविध आयामह तथा समसामयिक र नया प्रवृत्तिहरुको बारेमा ज्ञान प्रदान गर्ने तथा व्यापार प्रवर्धनको एउटा महत्वपूर्ण मञ्च भएको बताए । उनले नेपालमा हरेक प्रकारको साहसिक पर्यटकहरुको तिर्खा मेटाउने स्रोत तथा वस्तु सेवाहरु उपलब्ध भएको र विश्व पर्यटनमै सबैभन्दा तीव्र गतिमा वृद्धि भैरहेको साहसिक पर्यटन नेपालका पर्यटन सम्भावनाहरु उजागर गराउने माध्यम भएको र देशको अधिकतम सम्भावना पहिचान गरी नवीनतम डिजिटल मार्केटिङको प्रवृति आत्मसात् गर्दै नेपाललाई साहसिक पर्यटनको परम गन्तव्यको रुपमा सक्रिय प्रवर्धन तथा मार्केटिङ गरिनुपर्ने बताए ।