चामल आयातमा साढे २५ अर्ब बाहिरियो

भारतबाट सन् २०१७ सम्म २५ अर्ब ६५ करोड ७९ लाख ९० हजार ५ सय ७३ रुपैयाको चामल आयात भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार एक बर्षमा साढे २५ अर्ब चामलमात्र आयात भएको हो ।

गत बर्षको तुलनामा समिक्षाअवधिमा २.३ प्रतिशतले चामलको आयात बढेको छ । सन २०१६ मा २५ अर्ब ६ करोड ९४ लाख ५१ हजार ४ सय ९७ रुपैयाँको चामल आयात भएको थियो ।

तथ्यांकमा सन २०१६ मा २०१५ को तुलनामा १५ प्रतिशतले आयात बढेको देखिएको छ । २०१५ मा २१ अर्व ७५ करोड, ५८ लाख ७५ हजार ८८ को चामल भारतबाट आयात भएको थियो ।

नेपालमा झन्डैै ५७ लाख मेट्रिक टन धान खपत हुने गर्छ । तर, बार्षिक ५२ लाख मेट्रिक धान उत्पादन हुन्छ । बाँकी साँढे ४ देखि ५ लाख मेट्रिक टन धान अपुग रहेको सरकारी तथ्यांकले देखाउँछ ।

६० प्रतिशत उत्पादन आकासे पानीमा निर्भर हुँदा उत्पादन बढाउन नसकिएको कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रबहादुर कार्कीले बताए । उनले कुल उत्पादन हुने जमिनको ५३ प्रतिशतमा सिँचाई पु¥याउने सके अवको २ बर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउन सकिने बताए । ‘५३ प्रतिशत सिँचाई सुविद्या पु¥याउन सके आत्मनिर्भर बन्न सक्छौ । उनले भने, ‘सरकारी क्षेत्रबाट कृषि क्षेत्रमा ठोस योजना लागू गर्नु आवश्यक छ ।’ उनले ठूला—ठूला सिँचाई आयोजना निर्माण भएसँगै कृषि उत्पादकत्व बढाउन सकिने बताए ।

नेपालको मुख्य बालीको रुपमा रहेको धान उत्पादन बर्षेनी बढेपनि चामल आयात बढेको छ ।