‘स्टाइल र कम्फोर्टका लागि यामाहा स्कुटर’

नेपाली बजारमा उपलब्ध स्कुटरबारे भर्खरै गरिएको एउटा स्वतन्त्र अध्ययनमा यामाहाका स्कुटरलाई ‘स्टाइल’ र ‘कम्फोर्ट’का लागि सबैभन्दा बढी रुचाइने गरेको देखिएको छ । नेपालको प्रतिष्ठित रिसर्च संस्था मिडियारिचले गरेको सर्वेक्षणमा चालकहरुले यामाहाका स्कुटरको ‘स्टाइल’ र ‘कम्पोर्ट’लाई सबैभन्दा बढी मन पराएको १ नम्बरमा राखेका हुन् ।

‘हामीले भर्खरै स्टाइल, कम्फोर्ट, माइलेज, पिकअप जस्ता गुणलाई प्राथमिकतामा राखेर बजारमा उपलब्ध विभिन्न ब्रान्डका स्कुटरप्रति ग्राहकको रुचीबारे एउटा बृहत अनुसन्धान गरेका थियौं,’ मिडियारिचका निर्देशक मिरेश अधिकारीले भने, ‘यसमा यामाहाका स्कुटरहरु स्टाइल र कम्फोर्टका लागि ग्राहकले सबैभन्दा रुचाएको पायौं ।’

यसै अवसरमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले सम्पूर्ण ग्राहकलाई धन्यवाद व्यक्त गरे । ‘यो हाम्रोलाई ठूलो उपलब्धीको कुरा हो । यामाहा ब्रान्डप्रति ग्राहकले दिनु भएको विश्वास, स्नेह र साथको हामी हृदयदेखि आभारी छौं,’ उनले भने, ‘हामी जे गर्छौं ग्राहकको सुविधा अनि सन्तुष्टीका लागि गर्छौं । हामीबीचको यो सम्बन्ध अबिरल र अटुट रहोस् भन्ने कामना गर्न चाहन्छु ।’

एमएडब्लुले सन् १९७५ बाट यामाहाका मोटरसाइकल र ६ वर्षअघिबाट स्कुटरलाई नेपालमा आधिकारिक रुपमा भित्र्याउन थालेको थियो । यो छोटो अवधिमा यामाहाका स्कुटर नेपाली ग्राहकमाझ लोकप्रिय बनिसकेको छ । डिजाइन र प्रविधिमा यामाहाको नविनतम प्रयोगले गर्दा विश्व बजारमा नै यामाहाको स्कुटर चर्चित छ । यामाहाको इन्जिनियरिङले स्कुटरलाई स्टाइलिस र स्पोर्टी भिजुअल अपिल मात्र दिँदैन यसले हरेक राइडलाई आरामदायी र रोमाञ्चकारी समेत बनाउँछ ।

नेपालमा अहिले यामाहाको फेसिनो, रेजी, रे जेडआर र अल्फा गरी चार मोडेलका स्कुटर उपलब्ध छन् । यी स्कुटरहरु विभिन्न उमेर र फरक पेसामा आबद्ध महिलापुरुषलाई सुहाउने गरी तयार पारिएका हुन् । यामाहा स्कुटरमा प्याटेन्डेट ब्लुकोर टेक्नोलोजीजडित इन्जिन छ जसले स्कुटरको पर्फमेन्स र माइलेजलाई पनि बढाउँछ ।

यसैबीच, यामाहाले आजैबाट ‘एसस्कुटर’ नामको अभियान सुरु गरेको छ । मानिसहरुको दैनिकी सहज बनाउन स्कुटरले निर्वाह गरेको भूमिकालाई कदर गरेर एमएडब्लुले यो अभियान थालेको हो ।