रेनो क्विड परेड

रेनोको नेपालका लागि आधिकारिक विक्रेता एड्भान्स अटो मोवाइल प्रालि (विशाल ग्रुप अन्तर्गतको कम्पनी) ले आफ्ना क्विडका ग्राहकहरुलाई ‘परेड’ मार्फत सवारीको अनुभब प्रदान गराएको छ ।

यो साहसिक परेड गराउनुको मुख्य उद्देश्य रेनो क्विड कारका मालिक तथा ग्राहकहरुलाई एकै ठाँउमा भेलागराई सहासिक सवारी सञ्चालनको आनन्द प्रदान गराउनु हो । यस परेडमा सहभागि हुने ग्राहकले उपत्यकाभन्दा बाहिरको यात्रा गरेर मनमोहक दृष्यहरुको अबलोकन गर्न पाएका थिए ।

यो परेड कार्यक्रम रेनोको थापाथली शो रुमबाट सुरुभई नगरकोटको होटल कन्ट्री भिल्ला पुगेको थियो । कार्यक्रममा ६० जना क्विड धनीले सहभागिता जनाएका थिए । नगरकोटमा बिभिन्न किसिमका मनोरञ्जन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको एक पाटोको रुपमा रेनोले नेपालमा आफ्ना ग्राहकसँग जोडिन कस्ता कार्यक्रम गर्दै आएको छ भन्ने जानकारी दिन पेपर प्रेजेन्टेसन गरेको थियो ।