सामसुङ एस९ र एस९ प्लस विश्व बजारमा

बार्सिलोनाको मोबाइल वर्ल्ड कङ्ग्रेस मेलामा फेब्रुअरी २६ मा यी दुई स्मार्टफोनबाट पर्दा उघारिएको हो ।

सामसुङ्ले आफ्ना फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी एस९ र एस९ प्लस गरी दुई नयाँ मोडल विश्व बजारमा सार्वजनिक गरेको छ । बार्सिलोनाको मोबाइल वर्ल्ड कङ्ग्रेस मेलामा फेब्रुअरी २६ मा यी दुई स्मार्टफोनबाट पर्दा उघारिएको हो ।

ग्यालेक्सी एस९ मा ५ दशमलव ८ ईञ्च र एस९ प्लसमा ६ दशमलव २ ईञ्चको डिस्प्ले छ । अन्य फोनको तुलनामा यी दुई फोनमा निकै राम्रा विशेषता रहेको कम्पनीले जानकारी दिएको छ ।

दुवै फोनमा १० एनएमएन ६४ बिट अक्टाकोर प्रोसेसर दिइएको छ । फोन ६४ जीबी, १ सय २८ जीबी र २ सय ५६ जीबी गरी तीन प्रकारका स्टोरेज अप्सनमा उपलब्ध हुने बताइएको छ । इन्टरनल मेमोरी माइक्रो एसडी कार्डको माध्यमबाट ४ सय जीबीसम्म बढाउन सकिनेछ । दुवै फोन मिडनाइट ब्लयाक, टाइटानियम ग्रे, कोरल ब्लू र लिल्याक पर्पल कलरमा उपलब्ध हुनेछन् ।

त्यस्तै फोनको अगाडिपट्टि एफर १.७ अपर्चरसहितको ८ मेगापिक्सलको अटोफोकस क्यामरा राखिएको छ । ग्यालेक्सी एस९ को पछाडि अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस)सहित सुपर स्पीड ड्युअल पिक्सलयुक्त १२ मेगापिक्सलको अटो फोकस क्यामरा छ । एस९ प्लसको पछाडिपट्टि आईओएससहित सुपर स्पीड ड्युअल पिक्सल भएको १२–१२ मेगापिक्सलका २ ओटा क्यामरा छ ।

एस९ मा फोर जीबी ¥यामसहित ३ हजार एमएएच क्षमताको ब्याट्री छ । ग्यालेक्सी एस९ प्लसमा ६ जीबीको ¥यामसहित ३ हजार ५ सय एमएएचको ब्याट्री छ । एप्पलको आईफोनमा एनिमोजी फिचर भएझैं यी दुई फोनमा एआर इमोजी फिचर दिइएको छ । एस९को मूल्य ७ सय १९ र एस ९ प्लसको ८ सय ४० डलरबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ ।