कतार एयरवेजका नौला अफर

कतार एयरवेजले ‘ब्रेथटकिङ एक्सपेरिएन्स, एक्स्ट्राअर्डिनरी अफर्स’ शीर्षकमा यी योजनाहरु लागू गरिरहेको छ । साथीभाइ र परिवारसँग यात्रा गर्ने यात्रुहरूले पनि एयरलाइनको विशेष छुट प्राप्त गर्न सक्छन् ।

कतार एयरवेजले विभिन्न लोभलाग्दा नयाँनयाँ अफरहरु ल्याएको छ । जसअन्तर्गत फस्र्ट क्लास र व्यावसायिक श्रेणीमा विशेष कम्पनियन अफरसहित सबै श्रेणीका टिकटमा ३० प्रतिशतसम्म छुट दिने बताइएको छ ।

कम्पनीले विश्वव्यापी बिक्री प्रवर्द्धनअन्तर्गत एयरवेजको उडान सञ्जालका नयाँ नयाँ रोमाञ्चक गन्तव्यका लागि यस्तो अफर ल्याएको हो । कतार एयरवेजले ‘ब्रेथटकिङ एक्सपेरिएन्स, एक्स्ट्राअर्डिनरी अफर्स’ शीर्षकमा यी योजनाहरु लागू गरिरहेको छ । साथीभाइ र परिवारसँग यात्रा गर्ने यात्रुहरूले पनि एयरलाइनको विशेष छुट प्राप्त गर्न सक्छन् ।

थाइल्याण्डको चियाङ माई, रुसको सेन्ट पीटर्सबर्ग तथा मलेसियाको  पेनाङसहित कतार एयरवेजले हालै आफ्नो नेटवर्कमा धेरै नयाँ रोचक गन्तव्यहरु थपेको छ ।

कतार एयरलमनले ‘एयरलाइन अफ द इयर’, ‘बेस्ट एयरलाइन इन द मिडल इस्ट’ ‘वल्र्ड्स बेस्ट बिजनेस क्लास’, तथा ‘वल्र्ड्स बेस्ट फस्ट क्लास एयरलाइन लाउन्ज’ जस्ता विभिन्न उजाधि पाएको छ ।

२६ फेब्रुअरीदेखि ७ मार्च २०१८ सम्म लागू रहने आफ्ना यी अफरहरुको आनन्द लिन एयरलाइनले सबै यात्ररहरुलाई आह्वान गरेको छ ।