सीईओ अनप्लग्ड २०१८ को तेस्रो संस्करण सम्पन्न

कार्यक्रमको पहिलो चरणमा ‘जेनेरेसनल चेन्ज टु फ्यामेली बिजनेस : म्यापिङ योङ’ विषयक अन्तरक्रियासमेत भएको थियो । उक्त अन्तरक्रियामा एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छा, शङ्कर गु्रपका निदेशक अखिल गुप्ता, ज्योति समूहका निर्देशक सौरभ ज्योतिलगायतले आआफ्ना धारणा राखेका थिए ।

ग्लोकल प्राइभेट लिमिटेड र किङ्स कलेजको सहकार्यमा आयोजना भएको ‘सीईओ अनप्लगड २०१८’ तेस्रो संस्करण सम्पन्न भएको छ । देशका प्रभावशाली सीईओले सञ्चालन गरेको उक्त कार्यक्रम शनिबार सकिएको हो । सोल्टी होटलमा सञ्चालित कार्यक्रममा देशका १५ प्रतिष्ठित उद्यमीको सहभागिता थियो ।

कार्यक्रममा एक सयभन्दा बढीले उद्यमीहरुका साथमा आफ्ना विचार साटासाट गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले नेपालको उधमशीलताको अवस्थाबारे धारणा राखेका थिए । उनले नेपालको दिगो विकास र संयुक्त राष्ट्रसङ्घका दिगो विकासका उद्देश्यहरुको सहकार्यबारे पनि ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमको पहिलो चरणमा ‘जेनेरेसनल चेन्ज टु फ्यामेली बिजनेस : म्यापिङ योङ’ विषयक अन्तरक्रियासमेत भएको थियो । उक्त अन्तरक्रियामा एचएच बजाजका निर्देशक अभिमन्यू गोल्छा, शङ्कर गु्रपका निदेशक अखिल गुप्ता, ज्योति समूहका निर्देशक सौरभ ज्योतिलगायतले आआफ्ना धारणा राखेका थिए ।

दोस्रो प्यानलमा ‘बिजनेस एड्याप्सन ः चेन्जिङ नेपाल’मा आर्ईएमई गु्रपका अध्यक्ष चन्द्र ढकाल, स्ट्यान्डर्ड चार्टड बैङ्कका सिईओ जोसेप सिल्भानुस, बोटलर्स नेपालका एमडी पुनित भार्सनियलगायतले धारणा राखेका थिए ।

अन्तिम प्यानलमा वर्तमान व्यवासयमा रहेको परिदृश्यमा सरल विचारको ज्ञान र यी विचारले व्यापारमा सकारात्मक बाटो बनाउने विषयमा छलफल भएको थियो ।