आईएमईले गर्यो यो ऐरीलाई प्रायोजन

ग्लोबल आईएमई बैङ्क लिमिटेडले आफ्नो एघारौं वार्षिकोत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महङ्खवपूर्ण योगदान पुर्याएबापत सम्मानस्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एवम् अन्डर नाइन्टिन टिमका कप्तान दीपेन्द सिंह ऐरीलाई एक वर्षका लागि प्रयोजन गरेको छ । बैङ्कको रजिस्टर्ड कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैङ्कले ऐरीलाई प्रयोजन घोषणा गरेको हो । प्रायोजनपछि बैङ्कले ऐरीलाई एक वर्षका लागि ४ लाख, मासिक २० हजार र बाँकी रकमको स्पोर्ट किट्स प्रदान गरेको छ ।

बैङ्कले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले ऐरीलाई सम्मान गरेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताए । उनले नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग– डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रशंसा गर्दै आउँदो विश्वकपका लागि हुने क्वालिफायर्सको शुभकामना र अग्रिम बधाई पनि दिए । कार्यक्रममा ऐरीले बैङ्कले आफूप्रति देखाएको सम्मानले आफू उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्न प्रेरणा मिलेको धारणा राखे ।