चैतमा गर्जङ आयोजनादेखि तामाकोसीसम्मको आइपीओ

४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणका लागि २ अर्ब ६४ करोडको सेयर निष्कासन गर्न लागको हो ।

आगामी चैतभित्र साना तथा ठूलो गरी दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको सेयर आउँदै छ । सेयर निष्कासन गर्न कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिएका छन् ।

ठूलादेखि साना जलविद्युत् आयोजना कम्पनीहरुले (प्राथमिक सेयर) आइपीओ निष्कासन जारी गर्दै छन् । ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकाेसी जलविद्युत् आयोजनाले सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा सर्वसाधारणका लागि २ अर्ब ६४ करोडको सेयर निष्कासन गर्न लागको हो । त्यस्तै सेयर निष्कासन गर्नेहरुमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी पौने ३ करोड, मैलुङखोला जलविद्युत् कम्पनीले ७ करोडभन्दा बढीको सेयर निष्कासन गर्दै छन् ।

माउण्टेन जलविद्युत् आयोजना, आँधीखोला जलविद्युत् आयोजना, गर्जङ उपत्यका आयोजना, लाफिङबुद्ध आयोजना, युनिक हाइडल र युनियन जलविद्युत् कम्पनीहरुले पनि आगामी चैतमा सेयर निष्कासन गर्दै छन् ।  माउण्टेनले १२ लाख ५० हजार, आँधीखोलाले ८ लाख, गर्जङले २ लाख, लाफुङबुद्धले ९ लाख ७८ हजार, युनिक हाइडलले साढे ५ लाख र युनियनले ६ लाखभन्दा बढीको सेयर जारी गर्दै छन् ।

त्यस्तैगरी घलेम्दी हाइड्रोपावर, सीइडीबी हाइड्रो कम्पनी, रैराङ हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र शुभम् हाइड्रोपावर कम्पनीले पनि चैत मसान्तसम्म सेयर जारी गर्ने तयारीमा छन् । दोलखामा निर्माण हुन लागेको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको सेयर निष्कासनका लागि सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट सेयर निष्कासन तथा विक्री प्रबन्धक तोकेको छ ।