होलीमा टेलिकमले दियो सुविधा नै सुविधा

नेपाल टेलिकमले जीएसएम मोबाइल प्रयोगकर्तालाई होली अफर ल्याएको छ । टेलिकमले ल्याएको अफर फागुन महिना भर खरीद गरी उपयोग गर्न सक्ने जानकारी दिएको छ । टेलिकमले यो समय अवधिमा चार प्रकारका सेवा उपलब्ध गराएको छ जुन यसप्रकार रहेका छन्ः

अनलिमिटेड अल टाइम डाटा

त्यसैगरी ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ । डाटा खरिद गरेको २४ घण्टासम्म यसको प्रयोग गर्न सकिन्छ । १ जीबी डाटा थ्रिजीफोरजीको गतिमा चल्ने छ । त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ ।

अनलिमिटेड भ्वाइस नाइट कल

कम्पनीले राती १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ । सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिनसम्म कल गर्न सकिने छ ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ । सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ । होली अफरका विभिन्न प्याक खरिद गर्न जीएसएम मोबाइलबाट८१४१५३डायल गर्न सकिने छ ।

अनलिमिटेड नाइट डाटा

एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ । सो नाइट डाटा प्याक १५ रुपैयाँमा राती १० देखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ ।