बजारमा चिनियाँ स्मार्टफोनबीच प्रतिस्पर्धा, भित्रियो भिभो

बजारमा चिनियाँ स्मार्टफोनबीच अर्काे प्रतिस्पर्धी थपिएको छ । सोमबारदेखि नेपाली बजारमा चिनियाँ कम्पनीको अर्काे स्मार्टफोन भिभो भित्रिएको हो । कम्पनीले भिभो भी सेभेन सार्वजनिक गरेको हो ।
कम्पनीले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आधिकारिक रुपमा भिभो प्रवेशको औपचारिक जानकारी दिइएको हो । भिभोले सार्वजनिक गरेको भी सेभेन प्लस कम्पनीको फ्ल्यागसिप स्मार्टफोन हो । यसमा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । त्यस्तै १६ मेगापिक्सेलको अल्ट्रा एचडी फोटो इफेक्टसहितको रियर क्यामेरा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।
५.७ इन्चको डिस्प्ले रहेको यसमा ४ जीबी ¥याम र आन्तरिक स्टोरेज ३२ जीबी छ । डुअल सिम सपोर्ट भएको र मेमोरी कार्ड एकैसाथ चलाउन सकिने फोनमा २ सय ५६ जीबीसम्म स्टोरेज बढाउन सकिने कम्पनीले बताएको छ ।
मोबाइलमा १.८ गिगाहर्ज अक्टाकोर क्वाल्कम स्न्यापड्रागन ४ सय ५० प्रोसेसर राखिएको छ । फोनमा ३ हजार एमएएच ब्याट्री ब्याकअप छ । मङ्सिर १७ गतेदेखि बजारमा उपलब्ध हुने स्मार्टफोनको मूल्य २९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।