सिङ्गटीखोला आयोजनाको काम ६० प्रतिशत सकियो, एक बर्षभित्र विद्युत् उत्पादन

उनका अनुसार २०७५ को चैत मसान्तसम्म विद्युत् उत्पादन गरेर बजारमा ल्याउने योजना छ । कुनै प्राविधिक समस्या नआए र निर्माण कार्य निरन्तर भइरहेको खण्डमा एक वर्षभित्र विद्युत उत्पादन सुरु गरिने सापकोटाले बताए । ‘काम भइरहेको छ । यहि गतिमा हुने हो भने एक बर्षमा निर्माणको काम सक्छौ’ उनले भने ।

दोलखामा निर्माणाधीन सिङ्गटीखोला जलविद्युत आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको छ । २५ मेगावाट क्षमताको सिङ्गटीखोलाको काम तीब्र रुपमा अगाडी बढेको आयोजनाले जनाएको छ ।

आरजे एण्ड सुर्य कम्पनीले निर्माण गरिरहेको आयोजनामा अहिले टनेल निर्माणको काम भइरहेको छ । चार ठाउँबाट टनेल बनाउने काम भइरहेको आयोजनाका प्रवन्धक मनोहरी सापकोटाले क्यापिटल नेपाललाई जानकारी दिए । ‘सिभिल वर्क देखि बाटो र टनेलको काम भइरहेको छ’ सापकोटाले भने, ‘अहिलसम्म ६० प्रतिशत काम पूरा भएको छ । आयोजनाले २०६७ सालमा निर्माणको अनुमति पाएको थियो ।’

उनका अनुसार २०७५ को चैत मसान्तसम्म विद्युत् उत्पादन गरेर बजारमा ल्याउने योजना छ । कुनै प्राविधिक समस्या नआए र निर्माण कार्य निरन्तर भइरहेको खण्डमा एक वर्षभित्र विद्युत उत्पादन सुरु गरिने सापकोटाले बताए । ‘काम भइरहेको छ । यहि गतिमा हुने हो भने एक बर्षमा निर्माणको काम सक्छौ’ उनले भने ।

सुरुमा विद्युत खरिद सम्झौता (पीपीए) १६ मेगावाटमा गरेको र आयोजनाको थप अध्ययनपछि २५ मेगावाट पीपीए सम्झौता भएको जनाइएको छ । आयोजनाको बाँध, सुरुङमार्ग, टनेलको काम तीब्र रुपमा अगाडी बढेको छ । सिभिल वर्क र हाइड्रो मेकानिकल क्रिमको ठेक्का क्रमशः रामेछाप शेर्पा कन्ट्रकसन प्रालि र क्रिम हाइडल प्रालि बुटवलले पाएका छन । त्यस्तै बाटो निर्माणमा आरजे कन्ट्रकसन, इलेक्ट्रो मेकानिकलको क्विकाइन एलोन्स कम्पनीले पाएका छन ।

सिङ्गटी—लामोसाँघु सव—स्टेसनको काम सुरु भएन

सिङ्गटी जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत सिङ्गटी सव—स्टेसनमा जोडिने छ । विगत ७ बर्ष पहिला सव—स्टेशन निर्माणका लागि ठेकेदार छनोट भए पनि काम सुरु हुन सकेको छैन । आयोजना सम्पन्न हुँदा सम्म सिङ्गटी—लामो साँघु प्रशारण लाइन बनाएर प्राधिकरणले ४५ प्रतिशत जरिवाना तिर्नेपर्ने हुन्छ । प्रशारण लाइन बनाइसक्दा आयोजना सम्पन्न नभए आयोजनाले प्राधिकरणलाई २८ प्रतिशत जरिवाना तिर्नुपर्ने गरी पीपीए गरिएको उल्लेख छ ।