अब नेपालमा कपडा डट कम

लविज एन्ड बार्यन फेसन लिमिटेडले कपडा डट कम नामक अनलाइन सपिङ साइटको सुरुआत गरेको छ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले एक कार्यक्रमवीच कपडा डट कमको औपचारिक सुरुआत गरेका हुन । बेलायतमा ३ वर्ष अघिदेखि सञ्चालनमा आएको कपडा डट कमले नेपाली परम्परागत पोशाकदेखि लिएर बजारमा उपलब्ध विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका पोशाक बिक्री गर्ने छ ।
पछिल्लो समयमा इ–कर्मश विश्व बजारमा निकै लोकप्रिय बन्दै गइरहेको छ ।

यस्तो अवस्थामा नेपालमा समेत इ–कर्मश उद्योगको प्रवद्र्धन गर्न सघाउने उद्देश्य सहित यो अनलाइन साइट सञ्चालन गरिएको कपडा डट कमका प्रमुख कार्यकारी विष्णु पुरीले बताउँछन् ।
नेपाल बहुजातीय समदायको बसोबास रहेको मुलुक त्यसैले ती समुदायको आफनै मौलिक परम्परागत पोशाकहरु रहेको पाइन्छ । कपडा डट कमले नेपालमै पहिलोपटक यिनै समुदाय विशेषको जातीय पोशाको समेत बिक्री सुरु गरेको छ । प्रमुख कार्यकारी पुरीका अनुसार यसबाट खासगरी विदेशमा रहेका नेपाली समुदायले आफ्नो समुदाय विशेषको पोशाक ई सेवा, पेपाल, डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी अनलाइनबाट खरिद गर्न सक्नेछन् । नेपाल भित्रका उपभोक्ताले भने क्यास अन डेलिभरी समेतको समेत सुविधा पाउने छन् ।

यो साइटमा उपभोक्ताले नेपाली गर्मेन्ट्स, फुटवेयर, विभिन्न किसिमका गिफ्टस आइटम, केक, विद्यालयका पोशाक लगायतका सामानहरु खरिद गर्न सक्नेछन् । यी सामानको खरिदमा होम डेलिभरीको सुवधा समेत कम्पनीले उपलब्ध गराउने छ । हाललाई काठमाडांै, भक्तपुर, ललितपुर, पोखरा, चितवन र बुटवलका बजार क्षेत्रमा डेलिभरीको सुविधा उपलब्ध गराइएको छ । भविष्यमा यसलाई मूलुकका अन्यत्र क्षेत्रमा समेत विस्तार गरिने छ ।

कपडा डट कमबाट विश्वका जुन सुकै ठाउँमा रहेका उपभोक्ताले नेपालमा रहेका आफन्तलाई उपहार, केक तथा अन्य सामग्री अनलाइनबाट खरिद गर्न सक्नेछन् । कपडा डट कमले नेपाली सपिङको उत्कृष्ट अनुभव लिन सक्ने छन् । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले विदेशमा गएर उच्च शिक्षा हासिल गरेका युवाहरुले यसरी स्वदेशमा आएर व्यवसाय गर्नु निकै सराहनिय कार्य भएको बताउँदै नेपालमा समस्याको चाङ भए पनि हिम्मत गरेर व्यवसायको शुरुवात गर्नु निकै राम्रो भएको बताए ।