जिल्ला/नगर उपाध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा

लामो समयदेखि महासङ्घमै बसेर काम गरे पनि त्यहाँभन्दा राम्रो पद चेम्बरले दिएपछि उनी चेम्बरतिर लागेका थिए । चेम्बरले उनलाई ७ नम्बर प्रदेशको संयोजक समेत बनाइसकेको थियो । तर, महासङ्घमा उपाध्यक्ष पदका लागि चुनाव हुन थालेपछि साउद फेरि महासङ्घको उपाध्यक्ष पदमा उठ्न मैदानमा आउने चर्चा सुनिएको छ ।

तत्कालीन नेपाल उद्याेग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोद श्रेष्ठ स्थानीय तहको मेयर पदका लागि चुनावी मैदानमा उत्रिएपछि महासङ्घले उनीमाथि कारबाही गरेसँगै खाली भएको जिल्ला/नगर उपाध्यक्ष पदमा तीन जना प्रतिस्पर्धा गर्दै छन् । महासङ्घले यही फागुन २५ गते चुनावकाे मिति तय गरेकाे छ । बिहान ९ बजेदेखि २ बजेसम्म मतदान समय ताेकिएकाे छ ।

आगामी २५ गते हुन लागेको जिल्ला/नगरको उपाध्यक्ष पदमा यसअघि वरिष्ठ उपाध्यक्षमा पराजीत भएका किशोर प्रधान, सुर्खेतबाट केन्द्रीय सदस्य जितेका निरक केसी र भरखरै मात्रै चेम्बरको सदस्य लिएर प्रदेश नम्बर ७ को जिम्मेवारी लिएर गएका प्रकाश साउद चुनावी मैदानमा उत्रिने सम्भावना बढेको छ ।

प्रधानले हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छासँग पराजीत भएपनि महासङ्घमा उनको ठूलो योगदान छ । यसभन्दा अघिल्लो कार्यकाल अर्थात पशुपति मुरारकाको कार्यकालमा प्रधान जिल्ला/नगरतर्फबाट उपाध्यक्ष थिए । त्यसपछि उनी वरिष्ठ उपाध्यक्षमा गोल्छासँग प्रतिस्पर्धा गर्दा पराजीत हुन पुगेका हुन् ।

त्यसैगरी, केसी पनि लामोसमयदेखि महासङ्घको राजीतिमा होमिएका व्यक्ति हुन् । उनले सुर्खेतमा बसेर महासङ्घलाई धेरै माथि पु¥याएका थिए । सुर्खेत उद्योग वाणिज्य महासङ्घको अध्यक्ष समेत बनिसकेका केसी हाल महासङ्घकै केन्द्रीय सदस्य पनि हुन् ।
त्यस्तै साउदले महासङ्घलाई माथि उठाउन भन्दा पनि संस्थालाई प्रयोग गर्दै आएका छन् । लामो समयदेखि महासङ्घमै बसेर काम गरे पनि त्यहाँभन्दा राम्रो पद चेम्बरले दिएपछि उनी चेम्बरतिर लागेका थिए । चेम्बरले उनलाई ७ नम्बर प्रदेशको संयोजक समेत बनाइसकेको थियो । तर, महासङ्घमा उपाध्यक्ष पदका लागि चुनाव हुन थालेपछि साउद फेरी महासङ्घको उपाध्यक्ष पदमा उठ्न मैदानमा आउने चर्चा सुनिएको छ ।

सात नम्बर प्रदेशकाे संयाेजक ताेकिएपछि चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठबाट फुली लगाउँदै साउद 

महासङ्घकी अध्यक्ष भवानी राणाले सकेसम्म चुनाव नगर्ने वातावरण बनाउन लागेको बताइन । ‘सकेसम्म सर्वसम्वत तरिकाबाट नेतृत्व छान्ने जोड हुँदै छ,’ उनले भनिन्, ‘चुनाव गर्दा सन्देश नराम्रो जाने भएकाले सहमतिबाट नेतृत्व छान्न लागेको हो ।’